चैतेदशैकोे अवसरमा त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष मेला
Wednesday, March 29th, 2023, 4:27 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १५ चैत
हिन्दुहरुको लागि जेठोपर्वको रुपमा मानिने चैतेदशैकोे अवसरमा डोल्पाको त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेला लागेको छ । आध्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न तथा मेला भर्न विहानैदेखि भक्तजनहरुको भीड लागेको हो । अन्य दिनहरुमा बन्द रहने श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरका चारै ढोकाहरु भक्तजनहरुको दर्शन तथा पुजाआजाको लागि खुला गरिएका छन् । असत्यमाथि सत्यको विजय भएको दिनको सम्झनाको रुपमा यो पर्वलाई मनाइने गरिन्छ ।
भगवतीको उत्पतीस्थलको रुपमा समेत डोल्पाको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलाई लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताए । चैतदशै तथा रामनवमीलाई ब्यवस्थित र शान्तिपुणर् बनाउन स्थानीय युवाक्लब नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ । भगवतीको मन्दिरमा दर्शन गरेमा निसन्तानलाई सन्तान दिने मनकामना पुरा गरिदिने विश्वास रहेकाले पनि छिमेकी जिल्ला रुकुम जाजरकोट जुम्ला र काठमाण्डौ लगायतका शहरी क्षेत्रबाट समेत दर्शनार्थीहरु डोल्पाको मन्दिरमा आउने गरेका छन् ।
मन्दिरमा बोका,राँगा भेडा,कुष्माण्ड र नरिवलको बलिदिने गरिन्छ । जीवनमा आफुले भाकल गरेबमोजिमको बलिबोका लिएर चढाउन मन्दिरमा सर्वसाधारणको भीड छ । मन्दिर ब्यवस्थापन समिति र स्थानीय युवाक्लबले बिभिन्न सांस्कृतिक कार्यक्रम तथा सत्ययुगमा भगवती र राक्षसको युद्द भएको नाटक मन्चन गरिने गरिन्छ ।
चैत दशैको अवसरमा मन्दिरका चार ओटै लिङ्गाहरु समेत खडा (नयाँ) गरिएको छ ।मन्दिरमा दर्शन गर्न आउनु भएका पशु कार्यालय डोल्पाका सुचना अधिकारी नवराज न्यौपानेले मन्दिरमा भाकल गरे बमोजिम पुजा गरे चाहेको मनोकामना पुरा भएकाले पुन दर्शन गर्न आएको बताए ।