नयाँ जीवन पाएको महेन्द्र पुस्तकालय
Monday, April 3rd, 2023, 1:11 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, १९ चैत
कुनै पनि समुदायको संस्कृति र इतिहास जोगाउन भाषा महत्वपुर्ण मानिन्छ । भाषाले त्यस समुदायको इतिहासलाई नयाँ पुस्तामाझ रुपान्तरण गरिरहेको हुन्छ । भाषालाई पढन संस्कृति मार्फत प्रवद्र्धन गर्ने काम पुस्तकालयले गरिरहेको हुन्छ ।
नेपालगन्जमा यहाँको इतिहासलाई संग्रहित गर्दै पढन् संस्कृतिको विकास गर्ने उद्देश्यले २००३ सालमा महेन्द्र पुस्तकालयको स्थापना भएको थियो । सुरुआती चरणमा पुस्तकालय आफनो उद्देश्य अनुरुप काम ग¥यो । तर राजनितिक अस्थिरताको प्रभाव पुस्तकालयमा पनि प¥यो । २०५४ सालदेखि २०७८ साल सम्म करिब २४ वर्ष पुस्तकालय नेतृत्व बिहिन हुन पुग्यो ।
यसले पुस्तकालयको इतिहास र अस्तित्व मेटिने दिशा उन्मुख थियो । तर गत असोजमा भने पुस्तकालयले नयाँ नेतृत्व पायो । जसको अध्यक्ष बने यस क्षेत्रका शिक्षाविद्ध बलराम यादव । ३८ वर्ष शिक्षण पेशामा योगदान गरेर अवकास लिएका यादवको नेतृत्वमा बनेको कार्यसमितिले करिब ६ महिनाको अवधिमा पुस्तकालयलाई नयाँ स्वरुप दिएको छ । यादवले शिक्षण पेसामा हासिल गरेको अनुभव र सम्बन्धलाई राम्ररी सदुपयोग गर्ने प्रयास गरिरहेका छन् पुस्तकालयमा ।
नयाँ आसा र उत्साह देखिन्छ अहिले पुस्तकालयमा । अहिले पुस्तकालयको मुहार नै फेरिएको छ ।
गत असोज २५ गते नयाँ कार्यसमितिले कार्यभार सम्हालेपछि छोटो अवधिमा थुप्रै काम भएको बताउँछन अध्यक्ष यादव । सुरुआतमा जिर्ण बन्न लागेको पुस्तकालयको भौतिक संरचना मर्मत, सुधार, पुस्तकहरु व्यवस्थापन, सरसफाई, शौचालय र पानीको व्यवस्था, पुस्तकालयको गेट र वाचनालयलाई व्यवस्थित गर्ने काम गरेको यादवले बताए । त्यससँगै पुस्तकालयले साहित्य कार्यक्रमहरु पनि गर्दै आएको छ । हरेक महिनाको एक पटक बाँकेका बहुभाषिक साहित्यकारहरुको जमघट हुने थलो बनेको छ अहिले महेन्द्र पुस्तकालय । पुस्तकालय परिसरमा इन्र्भटर राख्ने तयारी पनि सुरु भैसकेको छ । अन्य आवश्यक स–साना कामहरु हुँदैछन् ।
नयाँ नेतृत्व आएपछि गरेको अर्को महत्वपुर्ण काम भनेको पुस्तकालयको अमृत महोत्सव हो । ७५ वर्ष पुगेको अवसरमा गरिएको अमृत महोत्सव भव्य रुपमा सम्पन्न भयो । जसमा पुस्तकालय स्थापना भएदेखि काम गरेका कर्मचारी र कार्यसमितिमा रहेर काम गरेका सदस्य तथा पदाधिकारीलाई सम्मान गरिएको थियो ।
महेन्द्र पुस्तकालय नेपालगन्जको सह–सचिव एवम् साहित्यकार रिचा लुईटेल नयाँ कार्यसमितिले सक्रिय भएर काम गर्दा थुप्रै रचनात्मक काम गर्दै पुस्तकालयको इतिहासलाई बलियो बनाउने काम गरिरहेको बताउँछिन् । उनले भनिन,‘पुस्तकालय करिब बन्द हुने अवस्था थियो । यसको व्यवस्थापन गतिलो नहुँदा पुस्तकालयमा आउने मानिसको संख्या पनि घटेको थियो । अहिले अवस्था फेरिएको छ । पुस्तकालय समय सापेक्ष विकसित हुनु पर्छ । यसमा अहिलेको टिमले काम गरिरहेको छ ।’
विगतमा ५० जना आजीवन सदस्य थिए पुस्तकालयका । तर नयाँ कार्यसमिति बन्न अघि बनेको तदर्थ समितिले २ सय २२ जनालाई आजीवन सदस्यता दियो । आजिवन सदस्यहरुको शुल्कबाट उठेको रकम मुद्धती खातामा राखिएको छ । यस बाहेक पुस्तकालयले आफना योजना अनुसार काम गर्नको लागि विभिन्न निकायसँग चन्दा र सहयोग लिने गरेको छ । बाँकेका केहि स्थानीय तहले पुस्तकालयलाई सहयोग गरेका छन् । केहिले गर्ने बाचा गरेका छन् ।
अब आफनो कार्यकालमा अध्यक्ष यादवले केहि योजनालाई प्राथमिकतामा राखेर काम गर्ने अर्जुन दृष्टि बनाएका छन् । अब पुस्तकालयको पाँच तले भवन निर्माण गर्ने योजना छ । पुरानो भवन निकै जीर्ण अवस्थामा पुगिसकेकोले अब नयाँ भवन निर्माणमा कार्यसमितिले तयारी सुरु गरिसकेको यादवले कालपृष्ठ दैनिकलाई बताए । त्यसपछिका महत्वपुर्ण योजनामा छन् इ–लाईबेरी, बालबालिका लागि लाईबेरी र जेष्ठ नागरिकलाई भिडियो सहितको लाईबेरी ।
हरेक पुस्ताका मानिसलाई रुची अनुसारको पढने सामग्री एउटै थलोमा दिन सकेमात्र पुस्तकालयको महत्व बढ्छ । यसका लागि समय अनुसारको सुविधा पुस्तकालयमा उपलब्ध गराउन व्यवस्थापन समितिले कोसिस गरिरहेको बताउँछन् यादव ।
बाँके बहुभाषिक, बहुधार्मिक र विविधताको सहर हो । यहाँको भाषा, संस्कृति, इतिहासलाई जोगाउन यहाँका आम नागरिक र सरोकारवाला निकायको चासो र सहयोगले पुस्तकालयको महत्व जीवन्त बनाउँछ । यसमा सबैको साथ र सहयोगको सधै खाँचो हुनेछ ।