ट्रेड यूनियन कर्मीले लिए सपथ
Friday, May 5th, 2023, 9:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ वैशाख
नेपाल ट्रेड यूनियन कांग्रेस बाँके जिल्ला कार्यसमिति, प्रदेश तथा केन्द्रिय प्रतिनिधि, महिला तथा युवा समितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस निर्वाचन समितिले आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित नेपाल ट्रेड युनियन कांग्रेस बाँके, प्रदेश, केन्द्रका प्रतिनिधि, महिला तथा युवा समितिका पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका थिए ।
नेपाली कांग्रेस बाँकेको कार्यालयमा भएको कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेल, मुख्य निर्वाचन अधिकृत अधिवक्ता जनक शाही, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य विरेन्द्र कुमार शाह, सीता काफले, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, सह–सचिव सरोज कुमार शाह, नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, निर्वाचन समिति सदस्य एवम अधिवक्ता चित्र बहादुर शाहीले नव निर्वाचित कार्यसमितिका पदाधिकारी, प्रदेश र केन्द्रिय पार्षदलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
गत सोमबार राम बहादुर मल्लको अध्यक्षतामा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको सातौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले टे्रड युनियनले अब आफनो कामहरु देखिने गरी क्रियाशशिल भएर काम गर्नु पर्ने सुझाव दिए । ट्रेड युनियनले आफनो उद्देश्य अनुसार काम गर्दै पार्टीलाई बलियो बनाउन मुख्य भुमिका खेल्नु पर्ने गौडेलले बताएका थिए ।