कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
Sunday, May 7th, 2023, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ बैशाख
कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताबाहक परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । कुमारी बैंक लिमिटेडको नेपालगञ्ज शाखामा परिवार सुरक्षा बचत खाता खोलेका लोकेन्द्र भन्डारीको तीन महिना पहिले सडक दुर्घटनामा मृत्यु भएको थियो ।
सडक दुर्घटनामा श्रीमानको मृत्यु भए पछि कुमारी बैकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत मृतकको श्रीमति हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको हो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । कुमारी परिवार सुरक्षा बचत खाता खोल्दा खाताबाहकले कम्तीमा १० हजार रुपैया बचत राख्नु पर्छ ।
यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्छन । सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरुकालागि बीमा सुविधा प्रदान गरिन्छ । कुमारी बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाकालागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।