नगरकेन्द्रमा गरियो प्रथम मेयर ओमबहादुर बुढाको शालिक अनावरण
Monday, May 8th, 2023, 8:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २५ बैशाख
त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा प्रथम नगर प्रमुख स्वर्गीय ओमबहादुर बुढाको सालिक अनावरण गरिएको छ । ओम स्मृति प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रमका साथ सालिक अनावरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकाया प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा सालिक अनावरण गरे । सालिक अनावरण कार्यक्रममा बोल्दे जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायाले स्वर्गीय नगर प्रमुख बुढा विकास पे्रमी इमानदार र जनताको सुखदुखमा सदैव लागी पर्ने त्यागी नगर प्रमुख भएको बताए ।
संघीयता लागुसंगै प्रथम नगरप्रमुख बन्नु भएका ओम बुढाले नगरको शिक्षा स्वास्थ्य विद्युत कृषि र सडक निर्माणमा खेलेको भुमिका महत्वपुणर् भएकाले वर्तमान जनप्रतिनिधिले पनि उनका राम्रा कार्यको अनुसरण गर्दै जानु आवश्क रहेको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी स्वर्गीय नगर प्रमुख ओम बुढा सबैको साझा ब्यक्तिको रुपमा आफुलाई समाजमा उभ्याउन सकेको आफुले पाएको बताए । प्रथम नगर प्रमुख बुढाले गरेका राम्रा र असल कार्यको अनुसरण अधुरा कार्यको पुणर्ताका लागि सबै लाग्नु पर्नेमा उनले जोड दिए ।

………….
नगर प्रमुख जनचन्द्र रोकाया नेपाली काँग्रेसका पुर्व पार्टी सभापति टंकप्रसाद उपाध्याय लगायतले ओमबहादुर बुढा नगरवासीको जीवनपरिर्वतमा सदैब चिन्तनसिल विकासप्रेमी सोच र असल जनप्रतिनिधिको भुमिकामा आफुलाई डोर्याउदै लगेको सबैको आँखामा राखेर नबिझाउने जनप्रतिनिधिको रुपमा छाप छाडेको उल्लेख गर्दै योगदानको चर्चा गरेका थिए । ओम स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा स्वर्गीय ओमबहादुर बुढाकी धर्म पत्नी बदमी क्वारी बुढाले कणर्ाली प्रदेश सरकारको ४१ लाख सासंद विकास कोषवाट १५ लाख र त्रिपुरासुन्दरी नगरपालिकाबाट २० लाख गरेर ७६ लाखको लागतमा ओम स्मृति भवन निर्माण र सालिक निर्माण गरेर स्थापना गरि अनावरण गरिएको दिए ।
ओम स्मृति प्रतिष्ठानको माध्यमबाट समाजमा पछाडि पारिएका बालबालिका महिला सिमान्तकृत बर्गको उत्थान र शिक्षाको विकास गरिने लक्ष्यका साथ आफुले काम गर्ने समेत प्रतिष्ठानकी अध्यक्ष बुढाले बताए । प्रथम नगरप्रमुख बुढाको सालिक अनावरण कार्यक्रमको अवसरमा प्रतिष्ठान स्थापना तथा सालिक निर्माणमा आर्थिक भौतिक सहयोग गर्ने जिल्ला समन्वय समिति नेपाली सेनाका कणर्ेल विश्वबन्धु पहाडी त्रिपुराकोटका स्थायी वासिन्दा विष्णु न्यौपाने समाजसेवी रप्रिसाद न्यौपाने पुर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढा कणर्ली प्रदेश सभासदस्य बीरबहादुर शाही लगायतलाई सम्मान गरिएको छ । सालिक अनावरण तथा स्वर्गीय नगरप्रमुख ओब बुढाको दोस्रो वार्षिकी तिथीमा नगरवासीले सालिकमाथि पुष्पगुच्छा चढाएर स्मरण गरका थिए । प्रथम नगर प्रमुख ओम बुढाको ०७८ सालमा कोरोनबाट मृत्यु भएको थियो ।