मोर्डन इन्डियन स्कुलले अन्तर विद्यालय खेलकुद गर्ने
Tuesday, May 9th, 2023, 9:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २६ वैशाख
मोर्डन इन्डियन स्कुल(एमआइएस)ले आफनो स्कुल परिसरमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०२३ को आयोजना गर्ने तयारी गरेको छ । प्रतियोगिता जेठ ९ गते देखि जेठको १२ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस लगायतका खेलमा ८ विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा करिब ५ सय विद्यार्थीको सहभागिता रहने मोर्डन इन्डियन स्कुलका प्रवक्ता नरेश रावलले बताए । प्रतियोगितामा सहभागि हुने विद्यालयलाई कुनै पनि शुल्क नलाग्ने, सहभागी खेलाडीलाई हरेक दिन रिफ्रेसमेन्ट दिइनुका साथैं उत्कृष्ट हुने विद्यालयका खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने रावलले कालपृष्ठ दैनिकलाई बताए । प्रतियोगिताले खेलाडीलाई अवसर प्रदान गर्दै खेल क्षमताको विकास गर्ने आयोजक मोर्डन इन्डियन स्कुलका प्रिन्सिपल राजु पिटरले बताए ।
उनले भने,‘यो हाम्रो नियमित वार्षिक प्रतियोगिता हो । जुन विद्यालयहरु बिचको अन्तरक्रिया र विद्यार्थीहरुलाई प्रतिस्पर्धाका साथै उत्कृष्टताको लागि एक फोरम प्रदान गर्ने उद्देश्य हो ।’