खजुरामा गृहणीका लागि भान्सा सुधार अभिमुखिकरण सम्पन्न
Tuesday, May 9th, 2023, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २६ वैशाख
बाँकेको खजुरामा स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहणीहरुका लागि भान्सा सुधार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार बाँके आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेको आयोजना र नागरिक आरोग्य केन्द्र खजुराको समन्वयमा भएको कार्यक्रममा सहभागिहरुलाई स्वस्थ जीवनशैली निर्माणको लागि आवश्यक पर्ने कुराहरुको बारेमा जानकारी दिइएको थियो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. अनिल कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल विशिष्ट अतिथीको रुपमा सहभागि भएका थिए ।
कार्यक्रममा पोषण खाद्यय सुरक्षा, सरसफाई, रैथाने परिकार र उपयोगिता, भानसामा प्रयोग हुने मसला जडीबुटीहरुको औषधी प्रयोगको उपयोगिताता बारेमा साथै जंक फुडबाट हुने असरहरुको बारेमा छलफल गरिएको नागरिक आरोग्य केन्द्र खजुराका प्रमुख किरण खनालले बताए ।
अग्रानिक तथा घरमै बनाएको खाना स्वस्थ्य जीवनका लागि अति जरुरी देखिएको अभिमुखिकरणमा बोल्ने बक्ताहरुले बताएका थिए । भान्सामा पकाउने भाडा देखी दैनिक प्रयोग गरिने तरकारी सम्म सुधार गर्न सके स्वस्थ्य जिवनशैली अपनाउन सकिने अभिमुखिकरणको सहजिकरण गरेका बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल कुमार चौधरीले बताए ।
डा. चौधरीले भान्सामा प्रयोग हुने सामग्रीमा जसले ध्यान दिन्छ उसको परिवारमा रोग कम लाग्ने र स्वस्थ जिवनशैलीमा प्रवद्र्धन हुने बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले हामीले खाने खानामा लापरबाहि गरिरहेकोले यसमा सुधार ल्याउन जरुरी रहेको बताए ।
उपाध्यक्ष मल्लले भान्साबाटै खानाको सुधार भए स्वस्थकर जीवनशैली अपनाउन सकिने बताईन । यो कार्यक्रमलाई लुम्बिनी प्रदेशमै नमुना कार्यक्रमका रुपमा हेरिएको छ । मंगलबार सम्पन्न भएको कार्यक्रममा खजुरा गाउँपालिकाको ३,४,५ र ६ वडाका सदस्य, स्वयमसेवक, गृहणी, आमा समुहका, शिक्षिकालगाएतको सहभागिहरु रहेको आयोजक बाँके आयुर्वेद स्वास्थ केन्द्रले जनाएको छ ।
कार्यक्रम खजुरा गाउँपालिका १ नम्बर वडा अध्यक्ष फिरोज खान, वडा नम्बर २ का अध्यक्ष धनिराम वली, वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर रोकाय, अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारी, सदस्य अक्षरी पोखरेल, नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनाल, लगायतको उपस्थिती रहेको थियो ।