नामजस्तै गर्विलो इतिहास बनाउँदै गोरखा युनाइटेड
Thursday, May 11th, 2023, 1:34 pm
Kalpristha
लक्ष्मी तिमिल्सेना
कोहलपुर, २८ बैशाख
गोरखा युनाइटेड पब्लिक स्कूल बाँकेको कोहलपुर मात्रै नभएर लुम्विनी प्रदेशमै उत्कृष्ट पहिचान बनाएको स्कुल हो । कोहलपुर नगरपालिका वडा नम्बर २ अवस्थित सो स्कुल २०५७ सालमा स्थापना भएको थियो । तत्कालिन समयका ब्रिटिस आर्र्मीहरुको समुहले यस क्षेत्रको शिक्षाका लागि केहि योगदान गर्नुपर्छ भन्ने हेतुले ५० भन्दा बढी ब्रिटिस आर्र्मीहरुको सामुहिक लगानीमा सुरुमा कक्षा पाँचसम्म स्थापना गरिएको थियो । तर, विस्तारै सो स्कुलले समयसापेक्ष आफ्नो स्वरुप परिवर्तन गर्दै गयो । र, अहिलेको गोरखा युनाइटेड पब्लिक स्कूल बन्यो ।
अहिले सो स्कुलमा पर्याप्त भौतिक र शैक्षिक सुविधासहित विज्ञान र व्यवस्थापन शिक्षा समुहमा कक्षा ११ र १२ मा अध्ययन हुन्छ । कक्षा ११ र तथा १२ मा गरि दुई १० जना विद्यार्थी यहाँ अध्ययन गर्छन् ।
यहाँ कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर, चितवनसँग सम्बद्व रहेर ‘गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर’ परियोजना अन्तर्गत कृषि कार्यक्रम ‘बी.एस्सीएजी’ समेत अध्ययन हुने गरेको छ । पछिल्लो समयमा प्राविधिक शिक्षाको अपरिहार्यतालाई ध्यानमा राख्दै स्कुलल कृषि कार्यक्रम सञ्चालन गरेको हो । ‘बी.एस्सीएजी’ मा अहिले ७५ जना विद्यार्थी अध्ययनरत छन् ।
यस स्कुललमा शिक्षण तथा प्रशासन गरि एक सय २० बढी कर्मचारी छन् । कक्षा एक देखि १० कक्षा सम्म यहाँ करिब १४ सय विद्यार्थी अध्ययन गर्छन् । गोरखा युनाइटेड पब्लिक स्कुल आफ्नो विशिष्ट शिक्षण प्रद्दतीका कारण पनि चिनिएको छ । यस स्कुललमा परम्परागत विधिबाट नभई ‘गतिविधिमा आधारित शिक्षा प्रणाली’ र ‘परियोजना आधारित शिक्षा प्रणलीबाट अध्यापन गराईन्छ ।’
स्कुलले शैक्षिक र प्रशासनिक भवन, आवासीय भवन, पूर्ण विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अध्ययन कक्षसहितको श्रोत मुलक पुस्तकालय लगायतका सेवा आफ्नै भवनबाट दिईरहेको छ ।
२०७९ सालबाट यस स्कुलले पञ्चबर्षीय योजना बनाएर विद्यालयको शैक्षिक पद्दती र गुणस्तरमा काम गरिरहेको छ । सो पञ्चबर्षीय योजना भित्र यस स्कुलले कक्षाकोटाहरुमा स्मार्टबोर्डहरु, श्रव्यदृश्यका माध्यमहरु, वातानुकुलित वातावरण निर्माण लगायत ‘आईटी’क्षेत्रमा अँझ अघि बढाउने कुराहरु समेत समेटेको स्कुलका प्रधानाध्यापक साधना थापा बताउँछिन् ।
स्कुलका संस्थापक समिती तथा शिक्षकहरुको निरन्तरता, संरचनागत विधि र पद्दतीमा स्कुल सन्चालन हुनु, अभिभावकको विश्वास तथा विद्यार्थीहरुको लगनका कारण स्कुल यो अवस्थासम्म आईपुगेको स्कुलका प्रधानाध्यापक थापाको बुझाई छ ।
स्कुलले एसईईमा दुईपटक जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । यसैगरि एक पटक भने प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको थियो । खेलकुल तर्फ समेत यस स्कुलले कोहलपुर नगरपालिकाले सन्चालन गर्ने ‘मेयर कप रनिङ शिल्ड’मा तिन पटक उपाधि हासिल गरिसकेको छ ।
‘हरेक कुराको दिगोपना र उत्कृष्ट व्यवस्थापन नै सफलताको सिँढी हो ।’–भन्छन्, स्कुल सन्चालक समितिका अध्यक्ष केशर बहादुर आले । ‘कुनैपनि संघसंस्था हाँक्नका लागि निरन्तरता एकमात्र सुत्र हो । यद्यपी यो बाटो सजिलो र त्याति सहज भने थिएन । समैको साझा हित र साझा निर्णयका कारण नै हामी यहाँसम्म पुगेका छौं । किनभने दुख गरेमात्रै त्यसको फल पाईने हो । यसकारण हामी सबै यसमा लागि परेका छौं । विश्वस्तरमा हाम्रो नेपालको शिक्षापनि उकालो लागोस भन्ने हाम्रो एकमात्र स्वार्थ हो ।’
स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचित कार्यपालिकाले कोहलपुर नगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्ने मुख्य एजेन्डा बनाएको छ । यस कारणपनि नगरकै शानका रुपमा रहेको गोरखा युनाइटेड पब्लिक स्कूलबाट थुप्रै कुरा सिक्न सकिने २ नम्बर वडाका वडाध्यक्ष हरि बहादुर कठायत बताउँछन् ।
‘हामीले नगरलाई नै शैक्षिक हबका रुपमा विकास गर्ने भनिरहँदा सँस्थागत विद्यालय भएपनि गोरखा युनाइटेड पब्लिक स्कूलबाट धेरै कुराहरु सामुदायिक विद्यालयका लागि पनि सिकाईको विषय हुन्छ । किनभने यस विद्यालयको गुणस्तर निक्कै राम्रो छ ।’–उनले भने । ‘यो विद्यालयले हाम्रो नगरको शैक्षिक सम्भावना र गुणस्तरमा थप टेवा पुयाएको छ ।’