त्रिपुराकोटमा ठूलो परिमाणमा अखाद्य बस्तु नष्ट
Thursday, May 11th, 2023, 10:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २८ बैशाख
जिल्ला प्रशासन कार्यालय डोल्पाले त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट बजारमा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञावलीको संयोजक्त्वमा भएको बजार अनुगमनको क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका अखाद्यय बस्तुहरु जफत गरी नष्ट गरिएको हो ।
बजार अनुगमनको क्रममा फेन्टा अजिना मसला कोक ललिपप प्राउन डाल्डा घिउ धारा तेल करेन्ट मसला सेन्चुरी मसला मिठाई कुकिजविस्कुट फेन्टा दालमोट कुरमुरे चोकोपाई करेन्ट मसला चिउरा करेन्ट चिया भुजा तेल चक्लेट स्प्राइट लगायतका झण्डै ४० हजार मुल्य बराबरको अखाद्य बस्तुहरु जफत गरी नष्ट गरिएको अनुगमनमा संलग्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका उद्योग अधिकुत सत्यबहादुर भण्डारीले जानकारी दिए ।

……………..
पछिल्लो समय हिमाली जिल्ला डोल्पामा अखाद्य बस्तुहरुको विक्रीवितरण हुननपाओस भनेर मानवको स्वास्थ्यलाई मध्यनजर गरी बजार अनुगमनका क्रममा अखाद्य बस्तुहरु जफत गरी नष्ट गर्ने कार्यलाई प्रशासनले तिव्रता दिदै आएको छ ।
बजार अनुगमनको क्रममा विभिन्न पसलहरुवाट जफत गरिएका अखाद्यबस्तुहरु त्रिपुराकोट बजारमा संचालित रितिका ट्रेडर्सका संचालकको स्टोरवाट विक्री भएको पाइएको र स्टोरसमेत अनुगमन गर्दा ठूलोमात्रामा म्याद गुप्रेको अखाद्य बस्तुहरु भेटिएपछि संचालकलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा लगिएका प्रशासनले जनाएको छ ।