हिमनाथको नेतृत्वमा खुद्रा व्यवसायी संघको नयाँ कार्यसमिति चयन
Saturday, May 13th, 2023, 8:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० वैशाख
हिमनाथ पौडेलको अध्यक्षतामा तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज, बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । पौडेल यसअघिको कार्यसमितिका उपाध्यक्ष हुन् । नेपालगन्जमा शनिबार भएको संघको चौथो–छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नेपालगन्जमा शनिबार भएको संघको चौथो–छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
२०७३ पुष २३ गते भीम रानाभाटको अध्यक्षतामा नेपालगन्जमा खुद्रा व्यवसाय गरेर बसेका व्यवसायीहरुको भेलाले संघ गठन गरेको थियो । अहिले संघमा करिब ३ सय ५० जना साधारण सदस्य रहेका छन् । खुद्रा व्यवसाय गर्ने व्यवसायीको हक र अधिकारका लागि संघले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
संघको नव निर्वाचित उपाध्यक्षमा सुरेश जंग बन्जारा, महिला उपाध्यक्षमा रुक्मिना भारती, सचिवमा युवराज काफले, सह–सचिवमा ललित बहादुर कडायत, कोषाध्यक्षमा केदार प्रसाद दाहाल रहेका छन् । यसैगरी संघको सदस्यहरुमा तुलसीराम अधिकारी, सन्तोष बजगाई, सन्जु श्रेष्ठ, प्रमिला बस्नेत, सरिता काफले, नरेन्द्र सिंह ठकुरी, अर्चना घिसिङ, चन्द्रमाया नेपाली, तुलसी महता र दिनेश सापकोटा रहेको प्रमुख निर्वाचन अधिकृतले जानकारी गराएका छन् ।
त्यसअघि संघका अध्यक्ष शिवप्रसाद दाहालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । ‘उपभोक्तालाई गुणस्तरीय सामान तथा सेवाको सहज सुनिश्चितता, खुद्रा व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसायीक एकता’ भन्ने नाराका साथ सुरु भएको चौथो–छैठौं साधारण सभाले विभिन्न महत्वपुर्ण निर्णय गर्दै आगामी दिनको कार्यदिशा तय गरेको छ ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाय, नेपाल उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संघका संस्थापक अध्यक्ष भीम रानाभाट, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज श्रेष्ठ र ४ नम्बर वडा अध्यक्ष गोपाल पुन लगायतको अतिथीहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन समारोहमा संघले केन्द्रिय सदस्य चुन्ना, संघका संस्थापक अध्यक्ष रानाभाट, अग्रज व्यवसायी रतिलाल पराजुली र योग गुरु गिरिराज भट्टराईलाई सम्मान गरिएको थियो ।

……….
सचिव युवराज काफलले संचालन गरेको उद्घाटन सत्रको कार्यक्रममा उपाध्यक्ष हिमनाथ पौडेलले स्वागत मन्त्व्य राखेका थिए । उद्घाटन कार्यक्रममा शुभकामना मन्त्व्य राख्ने अतिथिहरुले खुद्रा व्यवसायीहरुले भोगिरहेका समस्या र त्यसको समाधानका लागि सरोकारवाला निकायले गर्नु पर्ने भुमिकाको बारेमा चर्चा गरिएको थियो ।

………..

…………

…………..