डिउटीमै कुटिए ट्राफिक प्रहरी
Sunday, May 21st, 2023, 6:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ जेठ
बाँके नेपालगन्ज परसपुरमा स्थानीय र ट्राफिक प्रहरीबिच झडप भएको छ । झडपमा परेर प्रहरी र केहि स्थानीय युवाहरुलाई चोट लागेको छ । ट्राफिक प्रहरीले चेकिङका नाममा स्थानीयलाई कुटपिट गरेको आरोप यहाँका स्थानीय बासिले लगाएका छन् तर प्रहरीले भने स्थानीय केहि युवाले ट्राफिक प्रहरीलाई कुटपिट गरेको बताउँदै आएको छ ।
नेपालगन्ज उप–महानगरपालिका–१७ परसपुरमा यसअघि पनि स्थानीय र प्रहरीबिच झडम हुने गरेको थियो । बाँके प्रहरीका अनुसार शुक्रबार परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटी स्थलमै कुटिएका थिए । उनलाई स्थानीयले कुटपिट गरेपछि घटना स्थलमा थप नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको थियो । त्यतिबेला पनि उनीहरुमाथि स्थानीयले ढुगाँ हान्दै प्रतिकार गरेका थिए । प्रहरीले आफुहरुलाई अनावश्यक रुपमा कुटपिट गरेको भन्दैं स्थानीयले केहि बेर परसपुर–गौघाट सडक खण्डमा टायर बालेर बिरोध जनाएका थिए ।
तर प्रहरीले भने स्थानीय केहि युवाले डिउटीमै रहेका प्रहरीलाई कुटपिट गरेको बताएको छ । बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङकालागिशुक्रबार अपराह्न साढे तीन बजे परस्पुर पुगेका थिए। उनकाअनुसार, पाँच बजेसम्म चेकिङ गरिसकेपछि कार्यालय फर्कनै लाग्दा भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकल हुइँकिँदै आयो। मोटरसाइकलमाथिए स्थानीय मेराज शेख हेलमेटबिना मोटरसाइकलकुदाइरहेका मेराजले अगाडि ट्राफिक चेकिङ भइरहेको देखेपछि हतारहतार मोटरसाइकलफर्काए र तीव्र गतिमा कुदाए।
कारबाहीमा पर्ने डरले भागेका शेख मोटरसाइकल नियन्त्रणमा लिननसकेपछि केही पर पुगेपछि सडकमै पल्टिएर घाइते भए। दुर्घटना भएको देखेपछि बस्नेतसहितको टोली उद्धारकालागि मेराज लडेको स्थानमा पुगेका थिए।मोटरसाइकलसहित लडेका मेराजलाई उठाउन लागेको बेला त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको प्रहरी सहायक निरीक्षक बस्नेतले बताए। प्रहरी सहायकनिरीक्षक बस्नेतसँगै गएकाप्रहरी जवानमानबहादुर ठगुन्नाले आक्रोशित स्थानीयलाई सम्झाउने प्रयत्न गरेको तर युवाहरूले हँसिया र बाँसका भाटाले आफूहरूमाथिप्रहार गर्न थालेको बताए।
स्थानीयले घरेलु हतियारले आक्रमण गर्दै लखेटेपछि उनीहरू सडकबाट तल रहेको खेततर्फ भागेकाथिए। खेतमा खसेकादुवैलाई पुन: खेतैखेत लखेटेको भिडिओ समेत सार्वजनिकभएको छ। स्थानीयको आक्रमणबाट प्रहरी सहायकनिरीक्षक बस्नेतको हातमा र प्रहरी जवानमानबहादुर ठगुन्नाको हात र खुट्टामाचोट लागेको छ। ठूलो संख्यामा रहेको स्थानीयले आफूहरूलाई मार्न लागेपछि आफूहरू भाग्ने प्रयत्न गरेको तर २५० मिटरसम्मभाग्दापनिउनीहरूले लखेट्न नछोडेको प्रहरी सहायकनिरीक्षक बस्नेतले बताए।
जिल्लाप्रहरी कार्यालय बाँकेकाप्रवक्ताप्रहरी नायबउपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीहरूमाथि आक्रमण भएको बताउँदै घाइतेहरूको अवस्थागम्भीर नभएकोले कारबाहीबारे नसोचिएको बताए। झड्युटीमा रहेकाप्रहरी कर्मचारीमाथि यसरी संगठित रूपमा आक्रमण भएको घटना कसरी सामान्य?’ भन्ने प्रश्नमाभने उनले जवाफदिनचाहेनन्।