नेपालगन्जको तापक्रम पुग्यो ४१ डिग्री सेल्सियस
Monday, May 22nd, 2023, 9:49 pm
Kalpristha
दुर्गा प्रसाद पौडेल
नेपालगन्ज, ८ जेठ
बाँकेको नेपालगन्जमा सोमबार देशमै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगन्जमा अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २६ डिग्री सेल्सियस मापन गरिएको हो ।
नेपालगन्जपछि दीपायलमा ३९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । आईतबार पनि बाँकेको नेपालगन्जमा देशमै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार नेपालगन्जमा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
यसदिन न्यूनतम् तापक्रम भने २५ डिग्री सेल्सियस रहेको छ । नेपालगन्जमा दिउँसो लु (तातो हावा) चल्न थालेको छ । जसका कारण दिउँसो हिँडडुल गर्न सर्वसाधारणलाई सास्ती हुने गरेको छ । नेपालगन्ज पछिको धेरै तापक्रम रुपन्देही जिल्लाको भैरहवामा अधिकतम् तापक्रम ४०.१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम पनि भैरहवामा धेरै २६.६ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागको रेकर्डमा नेपालगन्ज देशमै सबैभन्दा बढी गर्मी हुने सहरमा पर्छ ।