संघर्ष पछि आत्मनिर्भर भएकी भुमी
Monday, May 22nd, 2023, 9:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ३ जेठ
खजुरा गाउँपालिका वडा–४ एफ गाउँमा बस्ने वर्ष ५८ की भूमी कुमारी कठायत एक साक्षर महिला कृषक हुन । छोरा, बुहारी, २ नातीहरु, श्रीमान् र आफु सहित ६ जनाको परिवार छ उनको । परिवारमा छोरा कक्षा दश सम्म मात्र पढेका छन् । २०४० सालमा जाजरकोट जिल्लाबाट बसाई सराई गरि आएको कठायत परिवारको ४ कट्टा एैलानी जग्गा मात्र रहेको थियो । जग्गाबाट उत्पादन भएको अनाजले ३ महिना सम्म पनि खान पुग्थेन् उनको परिवारमा ।
गाउँको जमिनदारको २ विगाह जमिनमा अदियाखेती लगाउने र परिवार पाल्ने काम हुन्थ्यो । लगातार २० बर्ष सम्म अदियाखेती गरि जिविकोपार्जन गर्नका लागि कोशिस गरे । आकासे पानीको भर गरिने खेतीपातीले परिवारको गाँस, बाँस र कपासको व्यवस्था गर्न धौ–धौ हुन्थ्यो । परिवारको आवश्यकता पुरा गर्न समस्या पर्ने गरेकोले उनको श्रीमान प्राय: भारतको कालापहाडमा मजदुरी गर्न जान्थे । श्रीमान्को पनि सामान्य पढाई लेखाई मात्र भएकाले आत्मनिर्भर हुन सक्ने अबस्था थिएन । सरकारी विद्यालयमा छोरालाई कक्षा १० सम्म पढाए पछि थप उच्च शिक्षा पठाउन सकेन कठायत परिवारले । तत्कालिन अबस्थामा घरमा पशु धनको रुपमा १ वटा भैसी मात्र थियो ।
२०६७ सालमा हेफर ईनटरनेशनल नेपाल र बी–गु्रप बाँकेको साझेदारीमा सञ्चालन भएको सामुदायिक सद्भाव तथा आयआर्जन कार्यक्रम अन्तर्गत गठन भएको तारा समुहमा आवद्ध भएकी भूमि कुमारी कठायत एक सक्रिय सदस्य हुन् । समूहमा सहयोगी संस्थाबाट विभिन्न क्षमता विकास, सिपमूलक, तालिम, गोष्ठी, छलफल, अन्तकृया र पशु तथा कृषि सम्बन्धि प्राविधिक ज्ञान पाउने हुदाँ नियमित सहभागी हुने अवसर पाई रहिन् । उक्त अवसर पाए पश्चात पशु तथा कृषि क्षेत्रमा आप्mनो उद्यम गर्ने उत्पे्ररणा बढ्दै गयो भुमी कुमारी कठायतको । समूहबाट सामान्य घर खर्चको लागि १० हजार देखि ३० हजार सम्म ऋण पाइन्थ्यो । २०६८ सालमा विधिवत रुपमा साझाफुलवारी सामाजिक उद्यमी महिला सहकारी दर्ता भए पछि समूहबाट सहकारीको शेयर सदस्य पनि भईन् ।
उक्त सहकारीले पशु तथा कृषि व्यवसायमा लागेका कृषकहरुलाई उद्यमी बनाउनको लागि ऋण प्रवाहमा प्राथमिकता दिने निर्णय सहित कार्यान्वयन गरे पश्चात थप प्रोत्साहन बढ्यो भूमी कठायतलाई । आफुसंग भएको १ भैसी सहित थप भैसी किनेर आफ्नो उद्यम बढाएर लैजाने योजनाका साथ सहकारी संस्थाबाट पहिलो पटक २०७२ सालमा १ लाख ऋण लिई थप १ भैसी खरिद गरि भैसीगोठ पनि सुधार गरिन् । दोश्रो पटक २०७५ सालमा सहकारीको सिफारिसमा माछापुच्छ«े बैंकबाट सहुलियत कर्जा ३ लाख ऋण लिई २ वटा भैसी खरिद गरिन् । तेश्रो पटक २०७७ सालमा २ लाख ऋण लिई २ वटा भैसी खरिद गरिन् । दुध विक्रिबाट हरेक साल कठायत परिवारको आम्दानी बढ्दै गयो । हाल उनीसँग भएका ३ वटा दुधालु भैसीबाट दैनिक रुपमा २४ लिटर दुध विक्रि भैरहेको छ । बार्षिक रुपमा करिब ५ लाख २८ हजार रुपैयाँ आम्दानी गर्न सफल भएकी भुमी कठायतले भैसीपालनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ २०७५ सालमा कठायत भैसी फर्म दर्ता गरि संचानमा ल्याएकी छन् ।
त्यसै गरि कठायत परिवारले भैसीपालनका साथसाथै तरकारी खेती पनि गर्ने गरेको छ । २०७० सालमा सहकारीबाट २० हजार ऋण लिई एउटा मोटर किनी २ कट्टा जग्गामा तरकारी खेती लगाउन शुरु गरे । मौसमी तथा बेमौसमी तरकारीबाट आम्दानी हुन थाले पछि २०७४ सालमा थप ७० हजार ऋण लिई ५ कट्टा जमिनमा तरकारी खेतीलाई व्यवस्थित रुपमा बढाउँदै गए । २०७५ सालमा तरकारी खेतीमा सिंचाई व्यवस्थापन गर्न साझा फुलवारी सहकारी एफ गाउँकै सिफारिसमा कृषि ज्ञान केन्द्र धनुषाबाट तरकारी खेतीका लागि समरसेल वोरङि अनुदान सहयोग ८० हजार र सहकारी संस्थाबाट ९० हजार ऋण लिई वोरिङ जडान भएको छ । हाल उनले ८ कट्टा जमिनमा नियमित तरकारी खेती गरि रहेकीछिन् । उत्पादन भएको तरकारी स्थानिय गाउँमा, खजुरा हाट बजार र कोहलपुर नगरपालिका अन्तर्गतका दैनिक तथा साप्ताहिक हाट बजारमा विक्रि वितरण हुने गरेको छ ।
मौसमी भन्दा बैमौसमी तरकारी खेतीबाट बढि आम्दानी गरेको भन्दै भूमी कठायतले बार्षिक रुपमा २ लाख ५० हजार तरकारीबाट र दुध विक्रिबाट ५ लाख २८ हजार गरि ७ लाख ७८ हजार आम्दानी हुने गरेको कठायतले बताईन् । उनले भनिन, ‘अहिले अदिया खेती पनि लगाउँदैनौ, श्रीमान पनि घरमै बसी तरकारी र भैसीपालन गर्न सहयोग गरि रहनु भएको छ । अहिले कसैबाट ऋण मागी चलाउनु पनि परेको छैन ।’ विगतका दिनलाई सम्झदै भुमी कठायतले भनिन् आप्mनो दिन सबै संघर्षमै गए छोरा नातीलाई दैनिक मजदुरी तथा अर्काको अदिया खेती गरि खानु नपरोस भन्दै दु:खेसो पोखिन् ।
१० बर्षमा तरकारी खेती र भैसीपालनबाट कमाएको रकमबाट कोहलपुर नगरपालिका वडा–४ मा १ घडेरी किनेर ४ कोठाको घर लगाएका छन भने आफु बसेको एफ गाउँमै १ विगाह ३ तिन कट्टा जग्गा किनेर तरकारी खेती, धान, गहुँ, मकै लगाई उत्पादन गर्ने गरेकीछिन् । हाल उनले २ नातीहरुलाई वोडिङ स्कुलमा कक्षा ४ र ६ मा पढाई रहेकी छिन् । कृषि तथा पशुको उद्यममा लागेका भूमी कठायतको परिवार खजुरा गाउँपालिकामा एक उदाहरणीय उद्यमी परिवारको रुपमा चिनिन्छन् । भैसीपालन र तरकारी खेती दुबै उद्यमलाई दिगो र भरपर्दो बनाउनका लागि कम्तीमा ५ वटा भैसी पाल्ने र गोठसुधार गर्ने र १६ कट्टामा तरकारी खेती गर्ने योजना आप्mनो परिवारको भएको भनि भूमी कठायतले बताईन् ।