मोर्डन इन्डियन स्कुल कप सुरु
Tuesday, May 23rd, 2023, 7:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ९ जेठ
मोर्डन इन्डियन स्कुलको आयोजनामा मोर्डन इन्डियन स्कुल कप खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबार देखि सुरु भएको प्रतियोगितामा काठमाडौंका सेन्ट जेभियर्स, ज्ञानोदय, रातो बंगला, त्रियोग, रुप्यस, आलोक विद्याश्रम, राई स्कूल, चन्दबाग, केभी स्कूल, टोरन स्कूल, एमआईएस गरी ११ विद्यालयका ५ सय भन्दा बढी विद्यार्थीले बास्केटबल, फुटबल, ब्याडमिन्टन, टेबलटेनिस र चेस खेलमा एक आपसमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको पहिलो दिन बास्केटबल पुरुष तर्फ एमआईएसले रुपीसलाई ४२-२३ ले, आलोक विद्याश्रमले डीएभीलाई ४०-१२, ज्ञानोदयले सेन्ट जेभियर्सलाई १७-१५, राई स्कूलले केवी २६-२० को स्कोरमा पराजित गरेको छ । पुरुष फुटबलमा सेन्ट जेभियर्सले एमआईएसलाई ३-१ र केभी विद्यालयले आलोक विद्यालयलाई ५-१ गोलले हरायो ।

……………
ब्याडमिन्टन जुनियर ब्वाइजमा एमआईएसले सेन्ट जेभियर्सलाई २-१ ले, त्रियोगले आलोकलाई २-१ ले, केवी ले डिएभीलाई २-१ ले हरायो । रुप्यसले टोरनलाई २-१ ले पराजित गरेको छ । आयोजक मोर्डन इन्डियन स्कुलका प्रिन्सिपल राजु पिटरले प्रतियोगितामा उत्साह जनक रुपमा विद्यालय र खेलाडीहरुको सहभागिता रहेको बताए । उनले भने,‘यो हाम्रो वार्षिक प्रतियोगिता हो जुन विद्यालयहरू बीचको अन्तरक्रिया र विद्यार्थीहरूलाई प्रतिस्पर्धा र उत्कृष्टताको लागि एक फोरम प्रदान गर्ने उद्देश्यले गरिएको हो ।’