आगलागी प्रभावितलाई मिलापको सहयोग
Tuesday, May 23rd, 2023, 9:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ जेठ
आगलागी प्रभावित परिवारलाई सामाग्री वितरण गरिएको छ । मिलाप नेपालगञ्ज बाँकेको आयोजना र जानकी गाउँपालिका बाँकेको समन्वयमा बकसपुर गाउँका आगलागीबाट प्रभावित परिवारलाई मङ्गलवार घर छाउनको लागी जस्तापाता, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र परिवारका सदस्यहरुलाई स्वास्थ्य तथा स्वच्छता सामाग्री वितरण गरेको हो ।
जानकी गाउँपालिकाको समन्वयमा आगलागीबाट प्रभावित प्रत्येक पीडित घरपरिवारलाई एकएक बन्डल जस्तापाता र ओढ्ने सामाग्रीमा १ सानो र एक ठुलो ब्लाङ्केट, स्वास्थ्य तथा स्वच्छता सामाग्रीमा १ पिस बाल्टिन, १ पिस बाँटा, १ पिस जग, १ पिस स्याम्पु, ६ पिस साबुन, २ पिस तेल, २ पिस काँईयो, २ पिस पानी पिउने बोत्तल, १ साबुन राख्ने भाँडा, २ पिस टाबेल, १ पिस एैना, १ पिस नङ कटर, १ पिस पाँच लिटरको जर्किन, ५ पिस कोलगेट मन्जन र परिवार संख्या अनुशार दाँत माझने ब्रस वितरण गरिएको छ ।
त्यसै गरेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीमा १ प्याकेट पेन्सिल, १२ पिस कापी, ५ पिस ईलेजर, ५ पिस कटर, ५ पिस निलो पेन, जेमेट्री बक्स, १ पिस लुडो समेत वितरण गरिएको छ ।
सामाग्री वितरण कार्यक्रममा वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादवले दुख र पिडामा परेको समयमा सदैव जनताहरुको साथमा जानकी गाउँपालिका रहने आफनो धारण व्यक्त गरे ।उ नले जानकी गाउँपालिका सँग आवद्ध मिलापको धेरै ठुलो योगदान रहेको बताए ।
प्रवक्ता समेत रहेका वडा अध्यक्ष यादवले विद्यार्थीहरुलाई बिध्यालयमा नियमित पठाउनका लागी वडा नम्वर ५ ले पनि शैक्षिक सामाग्री वितरण गरेको बताए । साथै उनले शैक्षिक सुधारको लागी आफनो वडा र गाउँपालिका सदैव जनताहरुको साथमा रहने समेत बताए ।
पालिकाका अध्यक्ष छब्बन खाँले पटक पटक दुख र पिडामा परेको समयमा जुन व्यवस्था मिलापले गरेको सहयोग प्रति आभार प्रकट गरे । मिलापका अध्यक्ष रमेशराज रेग्मीले विपद र समस्या परेका बेला सर्वसाधरणको जिवनयापन सहज बनाउनका लागी सबैजना लाग्नु पर्ने धारणा राखे ।
सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ ,निमित्त प्रमुख प्रशासकिय अधिकृत शोभा पौडेल, वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादव, कार्यपालिकाकी सदस्य कान्ती कान्दु, वडा नम्वर ५ का सदस्य मो शरिफ खाँ, पालिकका परामर्शदाता शोहराव दर्जी, जिन्सी शाखाका राजु यादव, विपद व्यवस्थापन शाखका प्रमुख राजेँन्द्र वाजपेयी, मिलापका अध्यक्ष रमेशराज रेग्मी, कार्यकारी निर्देशक राजेन्द्रवहादुर सुनार, कार्यक्रम अधिकृत प्रेमा रोका लगायतको उपस्थिति रहेको थियो । २०७९ चैत्र २७ गते जानकी गाउँपालिकाको वडा नम्वर ५ स्थित बकसपुरको चमारटोलमा आगलागीबाट ६ वटा घरमा पुणर् क्षती र दुई वटा घरमा आंशिक क्षती भएको थियो ।