नेपालगन्जमा ‘नेक्सन इभी म्याक्स’ सार्वजनिक
Thursday, May 25th, 2023, 7:04 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, ११ जेठ
टाटा मोटर्सको ‘नेक्सन इभी म्याक्स’ कार नेपालगन्जमा सार्वजनिक गरिएको छ । नेपालगन्जका लागि आधिकारिक बिक्रेता रुद्रप्रिया इन्टरनेशनलको राझा चोकमा रहेको सोरुममा बिहिबार एक कार्यक्रमका बिच कारको सार्वजनिक गरियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, महासचिव चिरिञ्जवी ओली, कोषाध्यक्ष हरिलाल न्यौपाने, सदस्य भीमराना भाट, टंक शर्मा, रुद्रप्रिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधव शर्मा, सिप्रदी ट्रेडिङ्ग प्रालिका डिलर सेल्स म्यानेजर मेघराज ढुंगेल, इभी सेल्स सिनियर म्यानेजर निर्मल खत्री लगायतले संयुक्त रुपमा कारको सार्वजनिक गरेका थिए ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरकको रुपमा विगत ४० वर्ष देखि सिप्रदी ट्रेडिङ्ग प्रालिले काम गर्दै आएको छ । नेपालमा पछिल्लो समय विधुतिय गाडीको माग बढदै गएको बेलामा नेपालगन्जमा ‘नेक्सन इभी म्याक्स’को सार्वजनिक गरिएको हो । यसअघि टाटा मोटर्सले बिद्युतिय गाडीको रुपमा नेक्सन इभी, टिगर इभीको मोडल बजारमा सार्वजनिक गरेको थियो । विगतका दुई गाडी भन्दा थुप्रै सुविधाहरु थप्दै नेक्सन इभी म्याक्स बजारमा आएको नेपालगन्जका लागि आधिकारिक बिक्रेता रुद्रप्रियाका प्रबन्ध निर्देशक माधव शर्माले बताए ।
बिहिबार भएको कार्यक्रम सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट डिलर सेल्स म्यानेजर मेघराज ढुंगेल, इभी सेल्स सिनियर म्यानेजर निर्मल खत्री तथा डिलर पार्टनर माधव शर्माले कारको विशेषताहरुको बारेमा बताएका थिए । सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘नेक्सन इभी म्याक्स’ कार यसअघि बिर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज लगायतका सहरमा सार्वजनिक गरिसकेको छ । नेपालगन्जमा पछि धनगढीमा नयाँ कार सार्वजनिक गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ४६ लाख लाख ४९ हजार मुल्य पर्ने ‘नेक्सन इभी म्याक्स’ २० प्रतिसत डाउनपेमेन्ट अर्थात सुरुआतमा ९ लाख ३० हजार रुपैयाँ दिएर फाइनान्स मार्फत कार लिन सक्ने व्यवस्था गरिएको छ ।
नेपालगन्जमा एनएमबी बैंकले फाईनान्स सुविधा उपलब्ध गराउने नेपालगन्ज स्थित एनएमबी बैंकका म्यानेजर बिराज गौतमले बताए । नेक्सन इभी म्याक्स कार एक घण्टा १५ मिनेट डिसि चार्ज गर्दा एक पटकमा ४ सय ५३ किलोमिटर गुडन सकिन्छ ।
नेक्सन इभी म्याक्स नेपालको बाटो र माटो सिहाउँदै कार भएको इभी सेल्स सिनियर म्यानेजर निर्मल खत्रीले बताए । नेपालमा यसवर्ष १ हजार इभी म्याक्स कार बिक्री गर्ने लक्ष्य राखिएको खत्रीले बताए । कार्यक्रममा सहभागि भएका अतिथीहरुले यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले नेपालगन्जमा बिक्री सुरु गरेको नेक्सन इभी म्याक्सको सफलताका लागि शुभकामना दिएका थिए ।
नेक्सन इभी म्याक्स कारमा ७.२ किलोवाटको बैकल्पिक चार्जरको पनि व्यवस्था गरिएको छ । उत्कृष्ट एवं दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको छ । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ । ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ ।
यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले ११० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ ।
यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ ।
अनुभव गर्नुहोस सर्वोत्कृष्टताको
नेक्सन इभी म्याक्सको भित्री एवं बाहिरी बनावट बीच एक साँच्चै सुन्दर सामान्जस्यता छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ्ग जस्ता सुविधाहरु भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन इभी म्याक्स इको, सिटि र स्पोर्ट गरी जम्मा तिनवटा मोडहरुमा उपलब्ध छ ।
यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्ग देखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।

…………….
नेक्सन इभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् । ८ वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपीसिक्स सेभेनद्वारा प्रमाणित छ ।

……………

………….

……………..