डुडुवा स्वास्थ्य शाखा प्रमुखमा शर्मा
Friday, May 26th, 2023, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डुडुवा, १२ जेठ
बाँके डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा हेमन्त शर्माले जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा सेवा निबृत भएपछि विहीबारदेखि शाखाको जिम्मेवारी शर्माले सम्हालेका हुन् ।
बेतहनी स्वास्थ्य चौकी इन्चार्ज जनस्वास्थ्य निरिक्षक शर्माले स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिदै थप प्रभावकारी बनाउनमा मुख्य जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गरे । ३७ वर्ष स्वास्थ्य सेवा क्षेत्रमा काम गर्नुभएका बुढा डुडुवामा ६ वर्षदेखि गाउँपालिकामा स्वास्थ्यका क्षेत्रमा विशेष योगदानका साथ काम गरेका थिए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको प्रमुख लक्ष्य र योजनाका साथ बुढालगायतको समुहको उल्लेख्य भुमिका रहेको थियो । डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम संचालन गरि अग्रस्थानमा रहेको छ । सेवा निर्वत बुढालाई गाउँपालिकाका स्वास्थ्य कर्मचारीहरुको समुहले एक कार्यक्रमका विच विदाई गरेको छ । कार्यक्रममा बुढालाई फुलमाला अविर लगाएर ससम्मान विदाई गरेका हुन ।