बाँके–बर्दियाका चिकित्सकले मनाए आयुर्वेद चिकित्सक संघको स्थापना दिवस
Wednesday, July 5th, 2023, 6:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असार
बाँके–बर्दियामा कार्यरत आयुर्वेद चिकित्सकहरुले नेपाल आयुर्वेद चिकित्सक संघको २६औं स्थापना दिवस मनाएका छन् । नेपाल आयुर्वेद चिकित्सक संघको केन्द्रिय सदस्य तथा बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय प्रमुख डा. कलावती विश्वकर्मा यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका निवर्तमान उपाध्यक्ष डा. सन्तोष शर्मा प्रमुख अतिथिका रुपमा उपस्थिती भएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपाल आयुर्वेद चिकित्सक संघका आजीवन सदस्य तथा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका निवर्तमान कार्यालय प्रमुख डा. अनिल कुमार चौधरी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको निमत्त कार्यालय प्रमुख तथा नेपाल आयुर्वेद चिकित्सक संघको साधारण सदस्य डा.गिता रेग्मी, नेपाल आयुर्वेद चिकित्सक संघका आजिवन सदस्य डा.शिवराज सुवेदी, नेपालगन्ज उप–महानगरपालिकाका आयुर्वेद चिकित्सक डा. मनोज कुमार यादव लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा आमन्त्रित अतिथिका रुपमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारी, सदस्य अक्षरी पोखरेल, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक सिताराम चौधरी लगायतको सहभागिता रहेको थियो ।
स्थापना दिवसको अवसरमा बोल्दैं डा. सन्तोष शर्माले आयुर्वेद चिकित्सक संघको ऐतिहासिक पुष्ठभुमिको बारेमा बताएका थिए । डा. कलावति विश्वकर्माले आयुर्वेद चिकित्सा सेवाको बारेमा बताएकी थिईन् । डा. अनिल कुमार चौधरीले आयुर्वेद चिकित्सकको हकहित तथा समन्वयमा सबै चिकित्सकहरुले आ–आफनो स्थानबाट कार्य गर्नुपर्ने बताए । डा. शिवराज सुवेदीले संचालन गरेको कार्यक्रममा डा. गीता रेग्मी र डा. मनोज कुमार यादवले शुभकामना भनाई राखेका थिए ।