मानसिक रोग र लागु औषध सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण
Wednesday, July 5th, 2023, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असार
लागु औषध रोकथाम न्युनिकरण सम्बन्धि मानसिक रोग र लागु औषध सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ७ को आधारभुत स्वास्थ्य केन्द्रमा मानसिक रोग र लागु औषध सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।
त्यस कार्यक्रममा ४३ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् । जसमा २५ जना सामान्य व्यक्ति थिए । भने, बाँकी मदिरा, धुमपान तथा मद्यपान लगायत सेवन गरिरहेकाले आफ्नो स्वास्थ्य परिक्षण गराएका हुन् ।
उनीहरुको स्वास्थ्य परिक्षण डा. सुवास जिसी र डा. एनुदिन बागवानले गरेका थिए । त्यहाँ स्वास्थ्य परिक्षण गराउनेहरुका लागि सातदिनसम्मको औषधी निशुल्क वितरण गरिएको आयोजक संस्थाका दिपेन्द्र कुमार जोशीले जानकारी दिए ।
त्यस अवसरमा बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष प्रसान्त श्रेष्ठले आफुहरु स्वस्थ र सक्षम नागरिक उत्पानमा सवैद लाग्ने पतिबद्वता व्यक्त गर्दै लागु औषध रोकथामका लागि वडाले हरसम्भव प्रयास गर्ने बताए । लागुऔषध प्रयोगकर्ताहरुलाई घृणाको नभई सद्भाव र प्रमको आवश्यकता पर्छ भन्ने कुरामा आफु सदैव सजग र सचेतसमेत रहेको उनको भनाई थियो ।
लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्र नेपालगन्ज बाँकेको आयोजनामा सम्पन्न सो कार्यक्रम नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ७ को सहयोगमा सम्पन्न भएको थियो । लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्रका अध्यक्ष जोशीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाध्यक्ष श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो ।
लागु औषध विरुद्व निशुल्क परामर्श केन्द्रले जिल्ला प्रहरी कार्यालय बाँके, सामुदायिक (प्रहरी)सेवा केन्द्र बाँके तथा लागु औषध नियन्त्रण ब्युरो बाँकेसंग समन्वय र सहकार्य गरेको केन्द्रका स्वयंमसेवक बासुदेव उपाध्यायले जानकारी दिए ।

..