निर्वाचनमा होमियो नेपालगन्ज उद्योग वाणिज्य संघ
Thursday, July 6th, 2023, 7:59 pm
Kalpristha
लक्ष्मी गौडेल
नेपालगन्ज, २१ असार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन आगामी साउन २० गते हुने भएको छ ।
आगामी नेतृत्व चयनको लागि गरिने निर्वाचन साउन २० गतेका लागि निश्चित गरिएसंगै नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा होमिएको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका उम्मेदवारहरु आफु निकटका व्यवसायीको फर्म दर्ता गर्ने र नविकरण कार्यमा व्यवस्ता थिए ।
बुधबार वर्तमान कार्यसमितिको अन्तिम बैठक बस्दै निर्वाचनको मिति टुङ्गो लगाएका पछि सबै नविकरण र दर्ता कार्य रोकिएको छ । अब उम्मेदवारहरु आफनो प्यानल बनाएर मतदातासँग भेटघाट र छलफल गर्ने कार्यमा व्यस्त हुन थालेका छन् । व्यवसायीहरुको हकहितमा निम्ति वकालत गर्ने भएकोले नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा आउनका लागि थुप्रै उम्मेदवारहरु बिच प्रतिस्पर्धा हुने गरेको छ । आर्थिक संकटबाट गुज्रिरहेको अर्थतन्त्रलाई सहयोग गर्दै उद्योग व्यवसायीको हकहितका निम्ति काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताउँछिन् नेपालगन्ज उद्योग वाणिज्य संघ सदस्य बिन्दु चर्तिमगर । उनले संघमा महिलाले सफल नेतृत्व गर्न सक्छन् भन्ने कुरालाई यसपटकको निर्वाचनमा प्रमाणित गर्नु पर्ने समेत आफुहरुलाई चुनौति रहेको बताईन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीका अनुसार बुधबार बसेको संघको बैठकले निर्वाचन मिति तय गर्दै त्यसका लागि आवश्यक सम्पुर्ण तयारीको समेत निर्णय गरिएको छ ।
संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय संगै नयाँ व्यवसाय दर्ता र नविकरणमा रोक लगाईएको छ । साथै कार्यसमितिको विदाई समेत गरिएको छ ।
केहि दिन अघिसम्म निर्वाचनका लागि तिनवटा प्यानल देखा परेपनि पछिल्लो समय दुईवटा प्यानल प्रतिस्प्रर्धाका लागि सतहमा आएका छन् । त्यसको लागि नेतृत्व घोषणा गरेर आ–आफ्ना टिम बनाउने कसरत भइरहेको मनसुरीले बताए । उनले भने, ‘निर्वाचनको सबै जिम्मा जिल्ला निर्वाचन कार्यालयलाई दिने निर्णय भईसकेको छ । दुवै समुह आन्तरिक छलफल मै छौं । भरे वा भोलिसम्म उम्मेदवारको टुङ्गो लाग्न सक्छ ।’
स्रोतका अनुसार कांग्रेस र एमाले निकट व्यवसायीहरुको संयुक्त प्यानलबाट अध्यक्षमा ललित रौनियार, उपाध्यक्षमा संजय अग्रवाल, हरिलाल न्यौपाने, महासचिवमा भीम रानाभाट उम्मेदवार बन्ने सम्भावना छ ।
माओवादी केन्द्र, राप्रपा र जसपा लगायतको समर्थक व्यवसायीहरुको तर्फबाट अध्यक्षमा टंक धामी, उपाध्यक्षमा चिरञ्जीवी ओली, महासचिवमा विजय भण्डारी ‘बासु’ उम्मेदवार बन्ने सम्भावना बढि छ ।