सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा ट्राफिक सचेतना
Friday, July 7th, 2023, 6:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ असार
नेपालगन्जमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जको सहकार्यमा योगदान राष्ट्रको लागि जिल्ला शाखा बाँकेको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
ट्राफिक नियमको पालना नगर्दा जोखिम बढ्ने गरेको भन्दै ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम गरिएको आयोजक संस्थाका बाँके उपाध्यक्ष निर्मल सुवेदीले जानकारी दिए ।
‘ट्राफिक सम्बन्धि नियम सबैमा जानकारी हुनै पर्ने कुरा हो । यद्यपी, कतिपय अवस्थामा एउटा सवारीको गल्तीले अर्को सवारीलाई जोखिम हुने गर्दछ । त्यसकारण पनि हामीले यस सचेतना कार्यक्रमको आवश्यकता ठानेका हौं ।’– सुवेदीले भने ।
ट्राफिक नियम सम्बन्धमा स्थानीयालाई सचेत गरी सवारी दुर्घटना न्यूनीकरण होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।
योगदान राष्ट्रको लागि जिल्ला उपाध्यक्ष निर्मल सुवेदीको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाको केन्द्रीय उपाध्यक्ष राहुल कौशल, जिल्ला सदस्यहरु तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रहरी सहायक निरिक्षक जंग बहादुर बस्नेत लगायत अन्य ट्राफिक प्रहरी र स्वयंसेवकहरुको उपस्थित रहेको थियो ।
सो कार्यक्रममा ट्राफिक नियमबारे जानकारी दिंदै अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रहरी सहायक निरिक्षक जंग बहादुर बस्नेतले हरेक व्यक्तिले ट्राफिक नियमबारे जान्न आवश्यक रहेको बताएका थिए ।
त्यस अवसरमा ट्राफिक नियम पालना सम्बन्धमा सचेतनामुलक ब्रोसरहरु सवारी चालकहरुलाई वितरण गरिनुको साथै प्ले कार्ड पनि प्रदर्शन गरिएको थियो ।
सम्बन्धित कार्यालयको सहकार्यमा यस्ता सचेतनामुलूक कार्यक्रमहरु आगामी दिनमा गर्दै जाने संस्थाका केन्द्रीय उपाध्यक्ष राहुले कौशलले बताए ।

..

..