जानकीमा मानव बेचविखन नियन्त्रण सम्वन्धी तालिम
Friday, July 7th, 2023, 6:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ असार
पालिका तथा वडा स्तरिय मानव बेचविखन नियन्त्रण सम्वन्धी १ दिने तालिम सम्पन्न भएको छ । बाँकेको जानकी गाउँपालिकामा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल)को आर्थिक सहयोग र जानकी गाउँपालिका बाँकेको समन्वयमा पालिका तथा वडा स्तरिय मानव बेचविखन नियन्त्रण सम्वन्धी १ दिने तालिम शुक्रवार सम्पन्न भएको हो ।
ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल)ले जानकीको वडा नम्बर १, ४ र ६ मा २०७८ माघ महिनादेखि ४ वर्षको लागि जानकी गाउँपालिका र सोही वडाहरुमा पालिका तथा वडा स्तरिय मानव बेचविखन नियन्त्रण समिती समेत गठन गरि परियोजना संचालन गरिरहेको छ ।
मानव बेचविखन किन र कसरि हुन्छ ,नियन्त्रण गर्न के गर्न सकिन्छ भन्ने विषयमा समुदाय स्तरमा ईन्टरनेशनल नेपाल फेलोशिप ( नेपाल ) ले काम गरिरहेको परियोजना संयोजक अभिशेक विकले बताए ।
पालिका तथा वडा स्तरिय मानव बेचविखन नियन्त्रण सम्वन्धी १ दिने तालिममा अधिवक्ता सुनिता शर्माले प्रशिक्षण दिएकी थिईन् । भने तालिममा ३ वडाका महिला सदस्य, पालिकाबाट न्यायिक समिती शाखाका अधिकृत ,३ वडाका सचिव, किशोर किशोरिहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो । २० जना सहभागीहरुलाई तालिम दिईएको थियो ।