बागवानी विकास केन्द्र जुफाल बीउ बेर्ना उत्पादनमा आत्मनिर्भर
Saturday, July 8th, 2023, 5:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असार
आफ्नो उत्पादनलाई बजारीकरण गर्न दुतको रुपमा वडाअध्यक्षहरुलाई बागवानी विकास केन्द्रले आग्रह गरेको छ । आफ्नो उत्पादनको प्रचारप्रसार गर्न र उत्पादित गरिएका विभिन्न जातको तरकारी तथा फलफूलका बीउ बेर्नाको नगर र पालिकास्तरमा आपूर्ति गर्ने वातावरण सृजनाको पहिलो पटक वडाअध्यक्षहरुलाई वजारदुतको रुपमा भेला गराएर बागवनी विकास केन्द्र जुफालले आग्रह गरेको हो ।
बागवानी विकास केन्द्र जुफालले आयोजना गरेको जिल्ला स्तरीय बीउ बेर्ना आपूर्ति गोष्ठीमा सहभागी त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका २२ वडाका वडाअध्यक्षहरुलाई बजारीकरण दुत बन्न आग्रह गरिएको हो । २०३२ सालमा स्थापना भएको बागवनी विकास केन्द्र जुफाल डोल्पाले तरकारी तथा विभिन्न जातका फलफूलका बीउ बेर्ना उत्पादन गरी सरकारी दररेटमा कृषकहरुलाई सुपथ मुल्यमा विक्री वितरण गर्दै आएको बागवानी विकास केन्द्रका प्रमुख सम्पत्ती बुढाले जानकारी दिए ।
विगतका वर्षहरुमा बागवानी विकास केन्द्रले जिल्ला वाहिरवाट तरकारी तथा फलफूलका बीउ बेर्ना खरिद गरेर कृषहरुको मागका आधारमा विक्री वितरण गर्दै आएको छ ।
पछिल्लो समय विभिन्न जातका तरकारी तथा स्याउ ओख लगायतका बिरुवा उत्पादन गरी जिल्ला वाहिरवाट गरिने आपूर्तिलाई विस्तारै न्युनीकरण गरी जिल्लाकै उत्पादनलाई विस्तार गरिन थालिएको बागवानी केन्द्र प्रमुख बुढाले बताए ।
कार्यक्रममा सहभागी वडाअध्यक्ष र सक्रिय कृषकहरुलाई बागवानीले कृषकको माग र आवश्यकता अनुसार तरकारी तथा फलफूलका बीउ बेर्ना उत्पादन गरि सुपथ मुल्यमा विक्री तथा वितरण गरिरहेकाले स्थानीयका साथै अर्गानिक उत्पादनलाई बजारीकरण गर्न समन्वयकारी भुमिका खेल्नका लागि वडाअध्यक्ष र सक्रिय कृषकलाई बागवानी केन्द्रले आग्रह गरेको छ ।
कृषकहरुले जिल्ला वाहिरवाट मह.गो मुल्य र ढुवानीमा खरिद गरेर ल्याउदा पनि लगाई सकेपछि क्षेतीपुर्तिको ब्यवस्था नभएकाले डोल्पाली हावापानी र माटामा उत्पादित बीउ बेर्ना स्थानीयस्तरमै खरिद गरी लिएमा उत्पादनमा पनि राम्रो र कुनै कारणले उत्पादन नभएमा सरकारको नियमानुसार क्षेतिपुर्ति समेत पाइने केन्द्रले जनाएको छ । जुफाल बागवानी केन्द्रमा गुणस्तरीय तरकारी तथा फलफूलका बीउ बेर्ना उत्तपादन भइरहेको छ भन्ने थाहाँ नपाएर विभिन्न पालिका र नगरले जिल्ला वाहिरवाटै विभिन्न बीउ बेना खरिद गरेर ल्याउने गरिरहेका छन ।
आगामी वर्षहरुबाट जिल्लाकै बागवानीमा सबै जात र प्रकारका बीउ बेर्ना पाइन्छ स्थानीय उत्पादनलाई विस्तार हुने गरी आफुहरुले पालिकामा समन्वयकारी भुमिका खेल्नेमा कार्यक्रममा सहभागी वडाअध्यक्षहरुले प्रतिबद्वता ब्यक्त गरे । जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायले बागवानी केन्द्रले गरेको कामको प्रगती अवस्था र ब्यवस्थापन लगायतमा समिक्षा गर्दै पछिल्लो समयमा बीउ बेर्ना उत्पादनमा आत्मनिर्भर बन्दै वाहिरी जिल्लामा विरुवा निर्यात गर्न समेत सफल भएकोमा बागवानी केन्द्रको प्रशंसा गरे ।
बागवानीको विकास विस्तार र जनशक्तिका साथै सेत साधनले सम्पन्न आफुले तिनै तहका सरकारलाई समन्वयकारी भुमिका खेल्ने र आवश्यक पहल समेत गर्ने जिसस प्रमुख रोकायले बताए ।
बागवानी विकास केन्द्रले आर्थिक वर्ष ०७९–०८० मा तरकारी तथा फलफूलका बीउ बेर्ना विक्रीवितरणबाट ९ लाख ९७ हजार रुपिया राजश्व संकलन समेत गरेको सुचना अधिकारी डिल्ली बोहराले बताए ।