नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी ठकुरीलाई खजुरामा सम्मान
Saturday, July 8th, 2023, 6:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ असार
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी दिपकसिंह ठकुरीलाई खजुरामा गाउँ पालिकाले नगद सहित सम्मान गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीयवासी ठकुरीलाई गाउँपालिका र पालिका खेलकुद बिकास समितिले ठकुरीलाई नगद रुपैयाँँ २५ हजार सहित सम्मान गरेको हो ।
कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मन्जु मल्ल, पालिका खेलकुद बिकास समितिका अध्यक्ष छवि बिष्टले ठकुरीलाई सम्मान गरेका थिए ।
नेपालगन्ज जेसीजले पनि शुक्रवार बाँकेबाट नेपाली राष्ट्रिय टिमामा प्रतिनिधित्व गर्दै बाँकेलाई फुटबल क्षेत्रमा चिनाएका ठकुरीलाई नगदसहित सम्मान गरेको छ । फुटबल प्रशिक्षक जनक केसीका अनुसार, १० हजार रुपिया नगदसहित सम्मानपत्र र खादा दोसल्ला नेपालगन्ज जेसीजका अध्यक्ष रोसन केसी र महासचिव मोहितबाबु शर्माले ठकुरीलाई सम्मान गरेका हुन् ।
बाँकेबाट राष्ट्रिय फुटबल टिममा पुगेर सफल परिणाम दिइरहेका ठकुरीलाई रोयल नेपालगन्ज फुटबल क्लब, बाँके जिल्ला खेलकुद विकास समिति लगायतले सम्मान गरिसकेका छन् ।
फुटबल प्रशिक्षक केसीका अनुसार, राष्ट्रिय फुटबल टिमका खेलाडी ठकुरी खेलका क्रममा भएको चोटका कारण वेष्टर्न अस्पताल केही दिनदेखि नेपालगन्जमा फिजियोथेरापी गराइरहेका छन् । उनकालागि रोयल नेपालगन्ज फुटबल क्लबको समन्वयमा वेष्टर्न अस्पतालले निशुल्क उपचार व्यवस्था मिलाएको छ ।