डोल्पा वन अधिकृतकोे आन्तरिक सेटिङ
Tuesday, July 11th, 2023, 7:54 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २६ असार
डिभिजन वन कार्यालय डोल्पाले बिना प्रतिस्पर्दा एक परामर्शदातालाई १५ लाख रुपिंया भुक्तानी गरेको पाइएको छ । डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत महेश कुमाईको आन्तरिक मिलोमतोमा आफन्त नाता पर्नेकोे फर्मलाई बिना प्रतिस्पर्दा १५ लाख भुक्तानी गरेको पाइएको हो ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष. २०७९÷८० को बार्षिक कार्यक्रम अनुसार डिभिजन वन अधिकृत कुमाईले जटामसी(भुल्ते) हानी नोक्शानी सम्बन्धी अध्यायन तथा अनुसन्धान गर्न महेन्द्र खत्री प्रोपराइटर रहेको हाम्मो माटो प्राली सामाखुसी काठमाण्डौलाई भुक्तानी गरेका हुन् । वन अधिकृत कुमाई ०७९ असोजमा सरुवा भई निमित्त वन अधिकृतको रुपमा डोल्पा आएक थिए ।०७९ पुस १३ दर्ता भ
एको काठमाण्डौ महानगरपालिका वडा नम्वर २६ सामाखुसी ठेगाना भएको जुम्लाकै बासिन्दा महेन्द्र खत्री प्रोपराइटर रहेको हाम्मो माटो प्राइभेट लिमिटेड स्थाई लेखा नम्बर ६०९८२९१३४ को नाममा ०८० असार २० गते करकट्टी गरेर १४ लाख ४० हजार ७५० भुक्तानी गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाले जनाएको छ ।
परामर्शदाता छनौट गर्नु पुर्व राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सुचना प्रकाशित गरि प्रस्तावना माग गर्नु पर्छ । तर सार्वजनिक सुचना नै प्रकासित नगरी आन्तरिक मिलोमतोमा कार्यालयमै सामान्य सुचना टाँस गरेको जस्तो प्रकृया मिलाई परामर्शदाताको पस्तावना माग तथा छनौट समेत वन अधिकृत कुमाईको सेटिङमा भएको खुलेको छ ।
स्रोतका अनुसार रेन्जर कमल रावल संयोजक भिम लम्साल सहायकस्तर पाँचौ र कमल बोहरा फरेष्टर सदस्य रहेको तीन सदस्य मुल्याङ्कन समितिले प्राविधिक प्रस्तावहरुको प्राविधिक मुल्यांङ्कन गरेको हो ।
आन्तरिक सेटिङमा एकद्ववार प्रणाली मार्फत पेश भएका हाम्मो माटो प्रालि सामाखुसी २६ काठमाण्डौ ६२ सृजना केसी प्रोपराइटर रहेको हिमालयन बहुसेवा प्राली कोहलपुर ३ बाँके ५३.३४ र सुन्दर शर्मा प्रोपराइटर रहेको डिजि फाउण्डेसन प्राली रुकुम पश्चिम ५ मुसिकोटलाई ५३ अंकभार प्राप्त गरेको बनाई बढी अंकभार ल्याएको बनाइएको हाम्मो माटो प्रालीलाई उत्कृष्ट छनौट गरी परामर्शदाता छनौट गरिएको पाइएको छ ।
परामर्शदाता छनौट भई भुक्तानी गरिएको हाम्मो माटो प्राली सामाखुसीको ब्यवसाय कारोवार दर्ता प्रमाण पत्रमा तरकारी खरबुजा कन्दमुल उत्पादन उष्ण र समशीतोषण फल उतपादन लगायत उत्पादित बालीलाई बजारमा लैजान गरिने प्रारम्भ्कि कार्य सफाई ग्रेडिङ काँटछाँट गर्ने काम लगायत बनसम्बन्धि क्रियाकलाप भन्ने उल्लेख गरिएपनि विशेषज्ञ मार्फत बनपैदावर तथा जडिबुटीको अध्यायन अनुसन्धान गरिने उल्लेख छैन ।
परामर्शदाता प्रस्ताव माग गर्ने निर्णय देखि मुल्यांङकन समिति निर्माण र छनौटमा वन अधिकृत कुमाई प्रत्यक्ष संलग्न भएको स्रोतको दावी छ ।
त्यस्तै गरी बृक्षारोपण तयार तथा योजना कार्यन्वयन शिर्षकमा पाँचलाख रुपिंया निमित्त वन अधिकृत कुमाईले नक्कली कागजात मिलाएर भुक्तानी गरेको समेत वन स्रोतले बताएको छ ।
योजना छनौट गर्दा सार्वजनिक सुचना प्रकाशित गर्नु पर्नेमा नगरी फर्म तथा संस्थासंग मिलोमतो गरी भुक्तानी गरेको स्रोतको दावी छ । निमित्त वन अधिकृत महेश कुमाईले आफुले सार्वजनिक सुचना प्रशारित नगरि सामान्य सुचनाको आधारमा परामर्शदाता छनौट गरी भुक्तानी गर्नु गलत भएको स्वीकारे ।
तर कार्यविधि अनुसार नै आफुले काम गरेको र परामर्शदाता प्रस्तावना माग गर्दा राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रशासित गर्नु पर्ने उल्लेख नभएको वन अधिकृत कुमाईको भनाई छ । हाम्मो माटो प्राली प्रोपराइटर खत्री र वन अधिकृत कुमाई एकै ठाउँका बासिन्दा हुनुले आन्तरिक सेटिङलाई थप बल पु¥याएको हुनु पर्छ ।
डिभिजन वन कार्यालयमा आर्थिक अनियमितताको यो प्रतिनिधिमुलक घटना मात्र हो । लाखौ रकम वनअधिकृतको मिलोमतोमा भुक्तानी हुने गर्छ । आर्थिक वर्ष सकिने असार मसान्तमा वन कार्यालय मात्र नभई जिल्लास्थित विकासे कार्यालयमा कामै नभएका योजनाको भुक्तानी मिलोमतोमा हुने गरेको गुनासो जनस्तरवाट आउने क्रम रोकिएको छैन ।
वन अधिकृत कुमाईले गरेको आर्थिक अनियमितता सम्बन्धि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइने समेत तयारी भइरहेको बताइएको छ । परामर्शदाता छनौट तथा भुक्तानी लगायत अन्य सुचना माग गर्न जाँदा वनअधिकृत कुमाईले पत्रकार महासंघका सचिव लेख बुढालाई सुचना दिनुको सट्टा उल्टो धम्की दिएको सचिव बुढाले बताए ।