लागू औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ
Wednesday, July 12th, 2023, 8:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ असार
जिल्ला प्रहरी कार्यालय बाँकेले लागू औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ गरेको छ । जिल्लाको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १५ जमुनाह गाउँ तथा लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ गरेको हो ।
भारतबाट नेपाल तर्फ आउदै गरेको युपि ३२ एमपी ६१८९ को मोटरसाईकल चालक १९ बर्षका सलमान अलिलाई शंका लागि चेकजाच गर्दा मोटरसाईकल पछाडी सवार जुनेद राईले लगाएको पाईन्टको बाँया खल्ती भित्र लुकाई ल्याई राखेको ४३ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
फेला परेको औषध (ब्राउन सुगर) सहित भारतको रुपैडिहा बस्ने उनिहरु दुवैजनालाई नियन्त्रणमा लिई अवाश्यक अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
यसैगरि, आत्महत्या दुरुत्साहन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सद्दन बेहना रहेका छन् ।
प्रहरीका अनुसार, बाँके जिल्ला अदालतको २०७७ पुष २४ गतेको फैसलाले बेहना माथि आत्महत्या दुरुत्साहन मुद्दामा ९ महिना २४ दिन कैद र १० हजार जरिवाना तोकिएको थियो । त्यस पश्चात् उनी हालसम्म फरार रहेका थिए ।
आवश्यक कारवाहीका लागि उनलाई बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।