पत्रकार सम्मेलन गरि सार्वजनिक महत्वका निर्णयहरु सार्वजनिक
Thursday, July 13th, 2023, 8:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ असार
नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी(बहुमत) बीच एकता भएपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका सार्वजनिक महत्वका निर्णयहरु सार्वजनिक गरेको छ । बिहिबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्ना निर्णहरु सार्वजनिक गरेको हो ।
गत बैशाख १८ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको घोषणा भएको थियो । उक्त एकता प्रक्रियालाई पार्टीका तल्ला निकायहरुसम्म पुरा गर्न सञ्चालित देशव्यापि कार्यक्रम अन्तर्गत ६ नं. प्रदेश संगठन समितिको एकता अधिवेशन तथा वैठक अषाढ १२ र १३ गते सुर्खेतमा सम्पन्न भईसकेको छ ।
यसैविच गत असार २३ गते सम्पन्न भएको बाँके जिल्लाको एकता अधिवेशन पछि वैठकले लिएका सार्वजनिक महत्वका निर्णयहरु सार्वजनिक गरिएको छ ।
जसमध्य, घुसखोर, भ्रष्ट र कमिसनखोरहरुको सत्ता स्वार्थका कारण निम्तिएको राज्य प्रणाली र आर्थिक प्रणालीको संकटबाट देश र जनतालाई मुक्त गर्न वर्तमान दलाल पूँजीवादी संसदिय प्रणालीको अन्त्य गरेर श्रमजिवि जनताको वास्तविक व्यवस्था जनवाद तथा वैज्ञानिक समाजवादको स्थापनार्थ व्यक्ति होईन व्यवस्था बदल्नुपर्ने महत्वपुर्ण निर्णय हो ।
सो अधिवेशनले जनजिविका सम्बन्धि महत्वपूर्ण विषयहरुमा संघर्षको योजना तय गरेको छ ।