कर्मचारी र वडाअध्यक्षको उपस्थितीमा भयो ठुलिभेरीको सार्वजनिक सुनुवाई
Saturday, July 15th, 2023, 3:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा ३० असार
जवाफदेहिता उत्तरदायित्व र पारदर्सिता अन्र्तगतको सार्वजनिक सुनुवाईलाई सुशासनको प्रमुख आधार मानिन्छ । कुनैपनि क्षेत्रमा खचिर्ने बजेट गरिने योजना गुणस्तरीय र पारदर्शिरुपले लाभान्वित समुह सम्म पुगेर सम्पन्न भएकी भएन भन्ने कुराको सर्वसाधारण उपभोक्ताले सुसुचित हुन पाउनु पर्छ ।
आर्थिक वर्ष भरी नगरमा के कस्ता योजना, कुन ठाउँ र वर्गको लागि गरिए र के कति खर्च भयो भन्ने कुराको जानकारी दिन र जनस्तरबाट उठेका प्रश्नकर्ताको चित्तबुझदो जवाफ दिन सर्वपक्षिय सर्वदलिए उपस्थितीमा गरिने कार्यक्रमलाई सार्वजनिक सुनुवाई भनिन्छ ।
तर नगरभित्रका कर्मचारी र चार जना वडाअध्यक्षको उपस्थितीमा मात्र ठुलिभेरी नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगर स्थापनाकाल पछि पहिलो पटक गरिएको सार्वजनिक सुनुवाईमा राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि नागरिक समाजका प्रतिनिधि विभिन्न उपभोक्ता समितिका पदाधिकारी लगायत सर्वसाधारणको उपस्थिती सुन्य थियो ।
आर्थिक वर्ष २०७९–०८० मा नगरभित्र सम्पादन गरेका कार्यक्रम योजना र गरिएको खर्चको प्रतिवेदन पन्ध्र वटा विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले प्रस्तुतीकरण गरेका थिए । ठुलिभेरी नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महांघ डोल्पाको सहजीकरणमा ठुलिभेरी नगरपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
पन्ध्र वटा विषयगत कार्यालयका प्रमुखहरुले लामो विवरण सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दा सर्वसाधारण र राजनीतिकदलको शुन्य उपस्थितीले प्रतिवेदक कर्मचारीले नै ताली बजाएर आ–आफ्ना प्रतिवेदन कुनै पनि प्रश्नको सामना नगरि पारित गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले नगर स्थापना भएसंगै पहिलो पटक गरिएको सार्वजनिक सुनुवाईलाई ऐतिहासिक भएको दावी गरे । सुनुवाई कार्यक्रममा उपस्थितीको लागि नगरको वेबसाईट फेसबुक पेज मोवाइल एफएम रेडियो लगायत सम्पुर्ण वडाअध्यक्ष र कार्यपालिका सदस्य मार्फत सुचना प्रवाहा गरी आमन्त्रण गरेपनि उपस्थिती सुन्य भएकोमा आश्चर्यमा परेको अधिकृतले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लम्सालले आगामी आवमा ४८ करोड २३ लाख बराबरको बजेट विनियोजन गरिएको जानकारी दिदै आव २०८०–०८१ मा बैशाख मसान्त भित्रमा सबै योजना सम्पन्न गरिने नगरभित्र भवन निर्माण मापदण्ड निर्माण जनतासंग मेयर महिलासंग उपमेयर जस्ता लोकप्रिय नीति तथा कार्यक्रम पारित गरिएको जानकारी दिए । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख सुवर्णबहादुर बुढाले सार्वजनिक सुनुवाईमा उपस्थितीका लागि अनुरोध गर्दा उपस्थिती नहुने तर वाहिर नानाथरिका गुनासा पोख्नु र नगरमा आर्थिक अनियमितता भयो भनि कराउनुको कुनै अर्थ नरहने बताए ।
नगरको पहिलो प्रयास स्वरुप गरिएको कार्यक्रममा विविध कारणले सर्वसाधारण र राजनीतिकदलको उपस्थिती नभएपनि जिम्मेवार संचारकर्मीको बाक्लो सहभागिताले सुसुचित गराउनेमा आफु विश्वस्त रहेको नगरप्रमुख बुढाले बताए ।
विगतका कमजोरी सुधार गरी नयाँ ढंगले जनताको ठोस कामको लागि ठोस वजेट विनियोजन गरि घरदैलो अभियान संचालन गरिने र आफुले नयाँ प्रमुखको रुपमा आएपछि कामको आधारमा रकम भुक्तानी योजना प्रभावकारी र गुणीस्तरीय बनाउन स्थलगत प्राविधिकको ब्यवस्थापन गरिएको नगरप्रमुख बुढाले दावी गरे ।
आगामी वर्षमा जनतालाई हरेक विषयको जानकारी दिन चार चार महिनामा सार्वजनिक सुनुवाई गरिने नगरले जनाएको छ । सार्वजनिक कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ डोल्पाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटाले गरेका थिए ।