त्रिपुरासुन्दरी नगरपालिकाको स्थगित नवौ नगरसभा सम्पन्न
Saturday, July 15th, 2023, 3:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, ३० असार
आर्थिक वर्ष २०८०–०८१ को लागि ६० करोड ३२ लाख ३७ हजार बरावरको बजेट प्रस्तुत गरिएको छ । आयआर्जन मार्फत आर्थिक सामाजिक विकासको लागि गुणस्तरीय पुर्वाधार पर्यटन प्रवद्र्धन सुशासन सहित समृद्ध नगर निर्माणको आधार भन्ने नाराका साथ त्रिपुरासुन्दरी नगरपालिकाको सातौ बजेट अधिबेशन तथा नवौ नगरसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रम सहित नवौ नगरसभा सम्पन्न भएको हो । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा संघ प्रदेशको अनुदान र नगरको आन्तरिक स्रोत सहितको साठ्ठी करोड बत्तीस लाख सैतिस हजार बराबरको बजेट नगर उप–प्रमुख देवी घर्तिले नगरसभामा प्रस्तुत गरिन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा नगर क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी भगवतीको मन्दिर मष्टा मन्दिर छल गलली राजारानी लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा विकासको लागि त्रिपुरासुन्दरी महोत्सव लगाइने गत आवको जनतासंग नगरप्रमुख कार्यक्रमलाई निरनतरता दिइने नगरक्षेत्र भित्रका सम्पुर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने तल्लो कक्षावाटै अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिने लगायतका कार्यक्रम उल्लेख छन ।
त्यस्तै गरी नगरलाई बालविवाहा मुक्त नगर बनाइने बाल न्याय प्रणालीयुक्त नगर निर्माणको पहल गरिने प्रस्तुत नीति तथा कार्यक्रममा समेटीएको छ । त्यस्तै गरी स्वास्थ्य शिक्षा सिचाई सडकको स्तरउन्नती तथा पुर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन गरिने उप–प्रमुख घर्तीले बताईन् ।
प्रशिद्ध बालात्रिपुरासुन्दरी भगवती मन्दिरमा गुरुकुल पाठशाला समेतको स्थापना गरिने सम्मका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएपनि विकासको महत्वपुण क्षेत्र मध्येको संचार क्षेत्रको विकास र सहयोगको लागि भने नीति तथा कार्यक्रममा सम्बोधन गरिएको छैन । कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा उजा विकास मन्त्री उर्मिला विश्कर्माले सरकारले सिमित स्रोत र साधानको कारण आवश्यकताका आधारमा मात्र बजेट विनियोजन गरिएको जानकारी गराईन् ।
जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले हरेक क्षेत्रमा सुशासन पारदर्शिता कायम गर्नु अपरिहार्य भएकाले नगरसभामा गरिने खर्चको समेत सार्वजनिक गर्नु पर्नेमा जोड दिए । त्यस्तै गरी प्रत्येक वर्ष संघ र प्रदेशबाट असारे विकासको नाममा आउने विकास योजना कार्यन्वयन गर्नु नहुने र स्थानीय सरकारले समेत टुक्रे योजनामा बजेट छुट्याउने प्रवृतीको अन्त्य गर्नु पर्ने समेत समन्वय प्रमुख रोकायाले बताए ।
नगरप्रमुख जनचन्द्र रोकायाले जनताको जनजिविकाको सवालमा कुनै पार्टी ब्यक्ति नभनि आवश्यकताका आधारमा सहयोग गर्ने र जनप्रतिनिधि भनेका जनताका सुखदुखका पहरेदार भएकाले जनताको हितमा काम गर्नेमा कुनै शंका नगर्न समेत आग्रह गरे ।
नगरसभामा विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि नागरिक समाज अन्तरपार्टी महिला सन्जालका प्रमुख तथा प्रतिनिधि प्रमुख जिल्ला अधिकारी लगायतले नवौ नगरसभाको सफलताको शुभकामना दिएका थिए । नवौ नगरसभाको अवसरमा कार्यलयको कार्यसम्पादनमा उत्कृष्ट काम गरेवापत केहि कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।
नवौ नगरसभाको उद्घाटन कर्णाली प्रदेश सरकाका जलस्रोत तथा उर्जामन्त्री उर्मिला विश्वकर्मा र नगरप्रमुख रोकायाले संयुक्तरुपमा गरेका थिए । असार १० गते गरिने भनिएको नवौ नगरसभा नगरप्रमुख रोकायाको छोराको मृत्युका कारण स्थगित भएको थियो ।