अत्याधुनिक सुविधा सम्पन्न ‘सिने रोयल’ हल सन्चालनमा आउदै
Sunday, July 16th, 2023, 8:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३१ असार
आदर्शनगर नेपालगन्जमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’को काम अन्तिम चरणमा पुगेको छ । पश्चिम नेपाल कै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिन सहितको मल्टिप्लेक्स खुल्न लागेको हो । दुईवटा हल २ सय ५० क्षमताको र अर्को हल १ सय ५० क्षमताको रहने छ । अन्तिम टच सङै श्रावण मै सिनेमा हल सन्चालनमा आउने तयारीमा छ ।
युवा सोच र मेडिकल सेक्टरमा समेत सकारात्मक छलाङ्ग लगाउँदै नयाँ प्रविधि र सुविधा भित्र्याइरहेका वेस्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डा. राहुल थापाको योजना र लगानीमा नेपालगन्जमा यो सुविधा सम्पन्न हल निर्माण भइरहेको हो । तत्कालै हल सँगै क्याफेटेरिया पनि सुरु हुने यो स्थानमा बिस्तारै विभिन्न शॉपिंग आउटलेट सँगै एउटा डिपार्टमेन्टल स्टोर खोल्ने योजना समेत रहेको डा. थापाले जानकारी दिएका छन् ।
अहिले आवश्यक सम्पूर्ण सामानहरू फिट भैइसकेको छ भने, आवस्यक सम्पुर्ण स्टाफ राखिसकिएको छ । अब अन्तिम टच र फिनिशिङको कार्य मात्र बाकी रहेकोले सम्भवतः श्रावण महिनाको पहिलो या दोश्रो साता मै सिने रोयल सञ्चालनमा आउने डा थापाले बताएका छन् ।

…