सुरक्षित कर्णाली विशेष अभियान
Sunday, July 16th, 2023, 8:13 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, ३१ असार
त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकाका चार हजार आठ सय घरधुरीमा प्रहरीले सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्र्तगत फोन नम्बर सहितको स्टिकर टाँस गर्ने कामको सुरवात गरेको छ । पहिलो चरणमा ठुलिभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकावाट छुट्टाछुट्टै कार्यक्रम गरेर प्रहरीको फोन नम्बर सहितको स्टिकर घरघरमा टाँस सुरु गरिएको हो ।
विशेष अभियानको सुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया ठुलिभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण बुढा प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले प्रहरीले संचालन गर्न थालेको कार्यक्रम अपराधमुक्त समाज निर्माणका लागि उपयुक्त भएको बताए ।
प्रहरी नायवउपरिक्षक शिब बुढाथोकीले छिटोछरितो सुचना पाउन र दिन यो अभियानबाट सहज भई अपराधिक क्रियाकलाप नियन्त्रण तथा भयमुक्त समाज निर्माणमा सहयोग पुग्ने बताए ।
विकट क्षेत्रमा समेत मोवाईलको पहुँच पुगेको र सबैको हातमा मोवाइल उपलब्ध भएकाले आफ्नो टोल छिमेक र बजारमा कुनैपनि अपराधिक गतिविधि भएको अवस्थामा गोप्य रुपमा नागरिकले प्रहरीलाई सुचना दिन सहज होस भनेर घरघरमा प्रहरीको फोन नम्बर सहितको स्टिकर टाँस गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रमा प्रहरी निरिक्षक नविनप्रसाद चापागाई र नगरप्रमुख जनचन्द्र रोकायाले संयुक्त रुपमा स्टिकर टाँस गरेर सुरक्षित कर्णाली विशेष अभियानको सुरुवात गरेका थिए ।
प्रहरीले आफ्नो घरघरमा आएर जिल्ला भित्रका सम्पुर्ण प्रहरी युनिट लगायत प्रमुखको फोन नम्बर र मोवाइल नम्बर सहितको स्टिकर टाँस गरेकाले आगामी दिनमा अपराध नियन्त्रण गर्न र प्रहरीलाई समयमै खवर गरेर सुरक्षित बन्न सहयोग पुग्ने त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटका तुलबहादुर विष्टले बताए ।

फोटो क्पाप्सन ..
सुरक्षित कर्णाली विशेष अभियान २०८० अन्र्तगत त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटस्थित घरघरमा फोनम्बर सहितको स्टिकर टाँस गर्दै नगरप्रमुख जनचन्द्र रोकाया र प्रहरी निरिक्षक नविनप्रसाद चापागाई सहितको अभियान समुह ।