फेरी स-यो उद्योग वाणिज्य संघको निर्वाचन
Monday, July 17th, 2023, 8:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघले सोमबार पुनः निर्वाचनको मिति सार्ने निर्णय गरेको छ । आगामी साउन २० गते निर्वाचन गर्ने भनि गत असार २० गतेको बैठकले निर्णय गरेको थियो ।
साउन २० गतेका लागि निर्वाचन मिति तोकिएपनि नेपालगन्ज उद्योग वाणिज्य संघले निर्वाचन आयुक्तलाई मतदाता नामावली बुझाउन नसक्दा आगामी नेतृत्व चयनका लागि तोकिएको निर्वाचन सरेको थियो ।
त्यसबारे जानकारी दिंदै नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जिवि वलीले भने,–‘हामीले साउन १ गते तोकिएको मितिमा निर्वाचन आयुक्तलाई मतदाता नामावली दिन सकेनौं । यसकारणले हामीले प्राविधिक कारणले तत्कालै नामावली दिन नसकिने कुरा वहाँलाई लिखित जानकारी गराएका छौं । अर्को मिति कहिले भन्ने कुरा निर्वाचन आयुक्तको कार्यक्षेत्रभित्र पर्ने कुरा भयो ।’
चुनावको मिति सर्ने पक्का–पक्की जस्तै भएको संघका महासचिव चिरन्जिवि वलीले बताए । संघले वरिष्ठ अधिवक्ता टिकाजंग सिहलाई निर्वाचन आयुक्त तोकेको छ । निर्वाचन आयुक्तले मंगलबार नयाँ मिति तोक्न सक्ने वलीले कालपृष्ठ दैनिकलाई जानकारी गराए ।