‘बीच्च बीच्चमा-२’ को सफ़तापछि फेरी दुर्गेशको ‘बीच्च बीच्चमा ३’ पनि सार्वजनिक (भिडियोसहित)
Tuesday, August 11th, 2020, 11:38 am
amit
बीच्च बीच्चमा २ को सफ़तापछि फेरी दुर्गेश थापाले आफनै आवाजमा ‘बीच्च बीच्चमा ३ ‘ सार्वजनिक गरेका छन । बसन्त थापाको शब्द र संगीत रहेको ‘बेसार ’ बोलको गीतलाई युट्युबबाट सार्वजनिक गरिएको हो । इनाकक्षी इन्टरटेण्मेण्टको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
गत वर्षको तीजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ निकै लोकप्रिय बनेका कारण दुर्गेशले यस बर्ष बीच्च बीच्चमा २ र बीच्च बीच्चमा ३ सार्वजनिक गरेका हुन् । बीच्च बीच्चमा २ गीतले महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई समेटेको छ ।
साथै प्रधानमन्त्रीले बेसार बिषय बोलेका कुरा माथि व्यङ्ग्य समेत गरेको देखिन्छ भने बीच्च बीच्चमा ३ ले पनि हाल सालै घटेका सम-सामयिक बिषयलाई उठान गरेको छ भने सिमा विवाद, रुकोम घटना र राजनीतिलाई पनि व्यङ्ग्य गरेको देखिन्छ।
कजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुर्गेशसहित जिवी चिरन, कजिश श्रेष्ठ,जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानिया, प्रेम खड्का लगायतका कलाकारहरू रहेका छन् ।
बीच्च बीच्चमाको सफलतापछि दुर्गेशले यसै बर्ष दुई ओटा अर्थात बीच्च बीच्चमा-२ र बीच्च बीच्चमा-३ लिएर आएका छन् भने बीच्च बीच्चमा-४ पनि आर्को बर्ष आउने घोषणा गरिसकेको बुजिन्छ।