शिक्षाको क्षेत्रमा नविनतम प्रयास गर्ने सिटी कलेज
Tuesday, July 25th, 2023, 8:21 pm
Kalpristha
कलेजमा पढाई हुने विषयको पाठ्यक्रमका अतिरिक्त अन्य थुप्रै कोर्षहरु विद्यार्थीलाई सिकाउँदै आएको सिटी कलेजले आफुलाई प्रविधिका माध्यमबाट शिक्षा प्रदान गर्ने रणनितिलाई हरेक वर्ष थप बलियो बनाउँदै लगेको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ८ साउन
पश्चिम नेपालमा अग्रणी कलेजको सुचिमा पर्ने कलेज हो सिटी कजेज अफ म्यानेजमेन्ट । शिक्षा क्षेत्रमा हरेक वर्ष नविनतम उपलब्ध हासिल गरेको सिटी शिक्षा क्षेत्रमा म्यानेजमेन्टको ‘लिडर बन्ने दौडमा छ ।
२०६२ सालमा स्थापना भएको सिटी कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । सिटी कलेज अफ म्यानेजमेन्टमा ‘प्लस टु’मा म्यानेजमेन्ट तथा विज्ञान पढाई हुन्छ भने उच्च शिक्षामा, विविएस, एमविएस र सिएको पढाई हुन्छ ।
स्थापनाको झण्डै १९ बर्ष सम्म नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० मा अवस्थित भाडाको घरमा सन्चालन हुँदै आएको सो कलेज अहिले वडा नम्बर १ को लायन्स डेन्टर हस्पिटलको नजिकै आफ्नै भवनमा सरेको छ ।
आगामि दिनमा भने, विविए, एमविए तथा विएससिएजि तर्फको पढाई पनि सुरु गर्ने योजना कलेजको छ । त्यसका लागिआवश्यक प्रक्रिया समेत सुरु भईसकेको छ ।
यस कलेजले शिक्षा क्षेत्रको व्यवस्थापन संकाय तर्फ तत्कालिन मध्य तथा सुदुपश्चिमको नेतृत्व गरिरहेको छ । यस क्याम्पसको थुप्रै उत्पादनहरु यस क्षेत्रको निजि तथा सरकारी बैङ्कहरुमा ब्रान्च म्यानेजर सम्म बन्न सफल भएका छन् ।
‘हामीले प्लस टु मा रिजनल टपर, एमविएसमा नेपालमै उत्कृट १० जना मध्येमा पर्न सफल, तथा विविएस मा पनि रिजनल टपर विद्यार्थी उत्पादन उत्पादन गरेका छौं,’– कलेज व्यवस्थापन समितीका अध्यक्ष अशोक बस्नेत भन्छन् ।
यसै शैक्षिक सत्रबाट सिएको अध्यन समेत सुरु गरेको यो कलेज सिएको अध्यन गराउनका लागि सम्बन्धन लिने बुटवल पछिको एकमात्र कलेज भएको कलेजका प्रिन्सिपल अनिल कुमार चौधरीले जानकारी दिए ।
भौतिक संरचनाको अभावबाट निस्केर अव आफ्नै भवनमा सरेको छ । पाँच तलाको अत्याधुनिक सो विल्डिङ्गमा ६० वटा कक्षाकोठा हुनेछन् । यहाँ २४ जना प्राध्यापकहरुले अध्यापन गराउछन् । भने स्नातक र स्नातकोत्तर तहमा करिव २ सय ९० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
आफुलाई शैक्षिक क्षेत्रको गन्तव्य बनाउने लक्ष्य राखेर काम गरिरहेको यस कलेजले प्रयोगत्मक शिक्षामा जोड दिएको छ । यस कलेजमा ई–लाईव्रेरीको तथा भिजिटिङ्ग फ्याकेल्टीको समेत व्यवस्था छ ।
कलेजमा पढाई हुने विषयको पाठ्यक्रमका अतिरिक्त अन्य थुप्रै कोर्षहरु विद्यार्थीलाई सिकाउँदै आएको सिटी कलेजले आफुलाई प्रविधिका माध्यमबाट शिक्षा प्रदान गर्ने रणनितिलाई हरेक वर्ष थप बलियो बनाउँदै लगेको छ ।
कलेजले आगामी शैक्षिक सत्रबाट आफ्नै अभिभावकत्वमा नर्सरी देखि १० कक्षा सम्म पनि सन्चालनमा ल्याउने तयारी गरिरहेको छ । आफुहरुले आगामि शैक्षिक सत्रबाट नर्सरी देखि १० कक्षा सम्म भृकुटी सेकेण्डरी स्कुल समेत सन्चालनमा ल्याउने तयारी गरिरहेको स्कुलका प्रिन्सिपल सम्प्रास राजा बमले जानकारी दिए ।

…
‘व्यवस्थापन शिक्षाका सन्दर्भलाई जोड्ने हो भने एकलकाँटे भयो । ढिग्री लिने तर तर त्यसको प्रयोगमा असफल हुने धेरै छन् । तर, हामीले ज्ञानलाई वास्तविक अवस्थासँग जोड्ने प्रयासमा हामी छौं । र, त्यसमा सफल हुन्छौं भन्नेमा पनि हामी विश्वस्त छौं ।’– कलेज व्यवस्थापन समितीका अध्यक्ष अशोक बस्नेतले भने ।
आफुहरुले स्कुल तथा कलेजहरूको भीडमा अनुसन्धान तथा नवप्रवर्तनमूलक शिक्षा प्रदान गर्ने शैक्षिक संस्थानको कमीलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरणमा पठनपाठन गराउँदै आएको कलेज व्यवस्थापन समितीका अध्यक्ष अशोक बस्नेत बताउँछन् ।
उत्कृष्ट भौतिक संरचना संगसंगै, दक्ष शैक्षिक टिम, अतिरिक्त क्रियापकलामा जोड दिने गरेको उनले बताए ।
प्लसटुमा साइन्स (विज्ञान) र म्यानेजमेन्ट (व्यवस्थापन) का शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । साइन्सका हकमा सैद्वान्तिक पढाइसँगै प्रयोगात्मक अभ्यासलाई जोड दिइएको छ । विद्यार्थी रटाएरभन्दा पनि बुझ्ने गरी पढाउँदै आएको छ । त्यसैगरि म्यानेजमेन्टको हकमा पनि विद्यार्थीहरूले पढेका कुरालाई प्राक्टिकल गर्नै पर्छ । म्यानेजमेन्ट पढ्ने विद्यार्थीले व्यवहारिक रुपमा पनि काम गरेकै हुनु पर्छ ।
‘२१ औँ शताब्दीमा किताबी ज्ञानले मात्र पुग्दैन । बढ्दो सूचना प्रविधिको विकाससँगै विद्यार्थीहरूमा व्यावहारिक ज्ञानको कमी आएको देखिन्छ । तर, हामीले त्यस कुरालाई ध्यानमा राख्दै शिक्षालाई रिएल सिचुएसन सँग जोडेर लैजनले योजना बनाएका छौं । विद्यार्थीहरूलाई किताबी ज्ञान, सूचना प्रविधिको ज्ञानसँगै व्यावहारिक ज्ञानलाई पनि जोड दिँदै आएको छ ।–उनले भने ।
‘हामीले शिक्षा संगै संस्कार, सिप र संज्ञानलाई जोडेर एकिकृतरुपमा अघि बढ्ने योजनामा छौं । हामीले नसरी देखि १० कक्षासम्म सुरु गर्न लागेको पढाईमा पनि संस्कार, सिप र संज्ञान हाम्रो पहिलो प्राथमिकता हुने छ ।’

……