प्राविधिक शिक्षामा नेपालगन्ज हेल्थ क्याम्पसको सफलता
Wednesday, July 26th, 2023, 8:26 pm
Kalpristha
गुणस्तरीय शिक्षा, अनुशासन, उच्चतम परीक्षा फल, विद्यार्थीमैत्री वातावरण र प्रविधिको उच्चतम प्रयोगमा संधै प्रतिवद्व रहेको नेपालगन्ज हेल्थ क्याम्पसले स्वास्थ्य शिक्षाको स्तर बढाउन महत्वपुर्ण योगदान गरेको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १० साउन
नेपालगन्ज हेल्थ क्याम्पस १७ वर्ष अघि २०६४ सालमा स्थापना भएको थियो । तत्कालिन अवस्थामा ल्याव टेक्निसियन र ल्याव असिस्टेन्ट सम्बन्धि पढाई सुरु गरेको यस क्याम्पसले समय सापेक्ष रुपमा आफुलाई परिवर्तन गर्दै लग्यो । अहिले क्याम्पसमा तिन बर्षे ल्याव टेक्निसियन, आयुर्वेद हेल्थ असिस्टेन्ट तथा डिप्लोमा ईन फार्मेसी पढाई हुन्छ भने, तिन महिने केयर गिभर सम्बन्धि समेत यसै वर्ष देखि सुरु हुदैछ । नेपालगन्ज हेल्थ क्याम्पसले पश्चिम नेपालमा पहिलो पटक केयर गिभर तालिमको सुरुआत गर्दैछ ।
क्याम्पस संचालकले स्वास्थ्य शिक्षाको वास्तविक आवश्यकतालाई नजिकसँग बुझेका छन् । त्यसैले त नेपालगन्ज क्याम्पसले हरेक वर्ष केहि नविनतम प्रयास गरिरहेको हुन्छ ।
शिक्षाको विश्व बजारीकरण र गुणस्तरीय प्राविधिक शिक्षालाई क्याम्सले आफनो पहिलो मुलमन्त्रका रुपमा आत्मसाथ गरेको छ । यसको आवश्कता र महत्वसंगै स्वास्थ्य क्षेत्रको नेपाली मौलिकता बारे बुझेका क्याम्पसका प्रबन्ध निर्देशक मैकुलाल वाल्मिकीले एलोपेथिकको गतिलो विकल्प आयुर्वेदिक हुनसक्छ भनेर कोरोना महामारीका बेला विश्व बजारले भनिरहेका बेला यसै सम्बन्धि पढाई किन सुरु नगर्ने त भन्ने सोचे ।
त्यहि सोचाईको फलस्वरुप यसै वर्षबाट नेपालगन्ज हेल्थ क्याम्पसमा आयुर्वेद सम्बन्धि पढाई सुरु भएको छ । राज्यले समेत स्थानीय स्तरमा नागरिक आरोग्य आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति अवलम्ब गरिरहेको छ । आयुर्वेदिक चिकित्सा क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादनसंगै आयुर्वेदिक चिकित्सा क्षेत्रको महत्वलाई बजारीकरण गर्न आफुहरुले नेपालगन्ज हेल्थ क्याम्पसबाट आयुर्वेद सम्बन्धि शिक्षा प्रदान गर्न सुरु गरेको बताउँछन संविधान सभा सदस्य समेत रहेका क्याम्पसका प्रबन्ध निर्देशक वाल्मिकी ।
पश्चिम नेपालमा स्वास्थ्य शिक्षाको क्षेत्रमा नेपालगन्ज हेल्थ क्याम्पसले गज्जबको सफलता हासिल गरेको छ । क्याम्पसबाट उत्पादन भएका ७ जना विद्यार्थीले एमबिबिएस तहको परीक्षामा पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । उत्पादन भएका ३० प्रतिशत विद्यार्थीले फार्मेसी, मेडिकल ल्याब संचालन गरिरहेका छन् । २० प्रतिशतले सरकारी, २० प्रतिशत विदेशमा रोजगारीका लागि गएको छन् भने ३० प्रतिशतले एनजिओ र आइएनजिओमा काम गरिरहेका छन् ।
गुणस्तरीय शिक्षा, अनुशासन, उच्चतम परीक्षा फल, विद्यार्थीमैत्री वातावरण र प्रविधिको उच्चतम प्रयोगमा संधै प्रतिवद्वरहेको नेपालगन्ज हेल्थ क्याम्पसले स्वास्थ्य शिक्षाको स्तर बढाउन महत्वपुर्ण योगदान गरेको छ ।
‘प्राविधिक शिक्षाले सीप, रोजगारसँगैं मानिसको जिवनस्तरमा महत्वपुर्ण भुमिका खेल्छ । तर, हामी प्रविधिक शिक्षा लिने बाहानामा हामी हाम्रो मौलिकतालाई बिर्सिरहेका छौं । अहिलेको अवस्था हेर्ने हो भने हामीलाई हाम्रो मौलिकता सहितको प्राविधिक शिक्षा आवश्यक छ । यसर्थ, पनि हामीले यसै सम्बन्धि शिक्षा दिन पनि सुरु गरेका छौं । त्यसको प्राक्टिसका लागि हामीले सुविधा सम्पन्न १५ शैयाको आयुर्वेदिक अस्पतालको समेत स्थापना गरेका छौं ।–वाल्मिकीले भने ।
सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षा, रोजगारको अवसर वृद्वि, तालिम प्राप्त योग्य सक्षम जनशंक्ति उत्पादन गर्ने र स्वास्थ्य उद्यमशिलताको विकास गर्ने उद्देश्य सहित काम गरिरहेको नेपालगन्ज हेल्थ क्याम्सपसको आफ्नै भौतिक पुर्वाधार छ ।
स्वास्थ्य शिक्षाका क्षेत्रमा गुणस्तीय विद्यार्थी उत्पादन गर्दै आएको यस क्याम्पसमा शिक्षाका सबै कार्यक्रममा करिब तिन सय ५० विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन् । क्याम्पसमा प्रशासनिक समेत गरि ७१ जना शिक्षक तथा कर्मचारी छन् ।
स्वस्थ जिवन शैलीका निमित्त आयुर्वेद तर्फको एक कदमको लागि आफुले छिट्टै नै ‘प्रत्येक साँझ त्रिफला’ नामक जनचेतनामुलक कार्यक्रम ल्याउने बताउँदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका वाल्मिकीले पार्टीले गर्न लागेको निति अधिवेशनमा आयुर्वेदलाई कसरी प्रतिनिधित्व गर्न सकिन्छ भन्ने बारेमा कार्यपत्र समेत प्रस्तुत गर्न लागेको बताए । साथै उनले त्यसको छलफलको लागि समेत पार्टीका महामन्त्रीलाई बोलाएर छलफल गर्ने उनले बताए ।