डोल्पामा दुई साता देखि हवाई उडान ठप्प
Thursday, August 3rd, 2023, 3:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, १८ साउन
दुई साता देखि नेपालगन्ज डोल्पा हवाई उडान नहुँदा सर्बसाधारणलाई समस्या परेको छ । प्रतिकुल मौसमका कारण हवाई मार्ग अवरुद्ध भए पछि उडान नहुँदा समस्या भएको हो । दुई साता सम्म पनि हवाई उडान नभएपछि यात्रु र सर्वसाधारणले भने नेपाल नागरिक उड्यान प्राधिकरण जुफाललाई उडान नहुनुको दोष देखाएका छन ।
डोल्पास्थित तारा एयरलाईन्स र समिट एयरलाइन्सका कर्मचारी र नागरिक उड्डयान प्राधिकरण डोल्पाका प्रमुख अमित कुमार चौरासिया वीचको मनमुटावका कारण उड्डयन प्राधिकरणले अनुकुल मौसममा पनि हवाई अनुमति नदिदा उडान ठप्प भएको जनगुनासो छ ।
नेपाल नागरिक उडड्यान प्राधिकरण जुफालले भने लगातार मौसममा आएको खरावीका कारण साउन पाँच गते देखि नेपालगन्ज डोल्पा हवाई उडान ठप्प भएको जनाएको छ । निजि एयरलाइन्सका जुफालस्थित कर्मचारी र प्राधिकरण प्रमुख वीचको मनमुटावले उडान रद्ध हुदै आएका हुन भन्ने जनगुनासोका सम्बन्धमा नागरिक उड्डयान प्राधिकरण जुफालका प्रमुख अमित कुमार चौरासियाले एयरलाइन्स कर्मचारी र आफु वीच मनमुटाव हुनु स्वभाविक र नियमित प्रक्रिया भएको भएपनि यो समयममा भने त्यस्तो कुनै कारण नभई प्रतिकुल मौसम नै प्रमुख कारण भएको बताए ।
समिट एयर जुफालका स्टेशन प्रमुख पूणर्जङ्ग शाहीले आफुहरु र नागरिक उड्डयान वीच कुनै मनमुटाव नभई बजारमा आएको हल्ला निराधार भएको र प्रतिकुल मौसम नै प्रमुख कारण भएको बताए । नेपाल नागरिक उड्डयान प्राधिकरण जुफालले हवाई अनुमति दिएको दिनमा नेपालगन्जबाट हवाई उडान हुनै लाग्दा समेत गैह्र नीजिएयरलाइन्सका केहि कर्मचारीले मौसम प्रतिकुल छ भनेर कुइरो र बादलले ढाकेको अन्धकारको फोटो नेपाल नागरिक उड्डयन केन्द्रिय कार्यालयमा पठाइसकेपछि जुफाल प्राधिकरण र नीजिएयरलाइन्स कर्मचारी वीच मनमुटाव भई हवाई उडान ठप्प भएको स्थानीय नरसिं महताराले बताए ।
लामो समय सम्म हवाई उडान ठप्प हुँदा डोल्पावाट नेपालग्नज झर्ने र नेपालगन्ज वाट डोल्पा आउने विरामी लगायत सर्वसाधारण र कर्मचारीलाई समस्या भएपछि आफुसमक्ष गुनासो आएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए । उहाँले भन्नु भयो के कति कारणले उडान नभएको भन्ने सम्बन्धमा नेपाल नागरिक उड्यान प्राधिकरणलाई बुझदा मौषम नै प्रमुख कारण पाइएको तर कसले किन अनुकुल मौसममा पनि प्रतिकुल छ भनेर नागरिक उड्यान कार्यालयमा फोटो पठाएको भन्ने आफुलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।