समावेशी प्यानलमा विवाद बढदैं, एमालेले दर्ता गरायो छुट्टै प्यानल
Friday, August 4th, 2023, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ साउन
आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उत्साह जनक रुपमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । शुक्रबार त्रिभुवन चौक स्थित वाणिज्य संघको कार्यालयमा गएर समावेशी र साझा प्रजातान्त्रिक प्यानल र केहि स्वतन्त्र उम्मेदवारले दर्ता गराएका छन् ।
यस पटकको निर्वाचन नामको अगाडीको अक्षरको आधारमा मनोनयन गर्ने तालिका निर्माण गराइएकाले बिना तामझामका साथ मनोनयन दर्ता गरिएको हो । यसअघिका निर्वाचनमा विभिन्न समुहले आफनो सचिवालयबाट बाचागाजाका साथ उम्मेदवारी दर्ता गराउने गरेका थिए ।
समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामी, उद्योग तफर्को उपाध्यक्षमा चिरञ्जीवि ओली, वाणिज्य तर्फको उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला तर्फको उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उप–महासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढले उम्मेदवारी दर्ता गराएका छन् ।
समावेशीबाट सदस्य तर्फ इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्विबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय तथा डम्बर चन्दले समेत उम्मेदवारी दर्ता गराएका हुन् । एशोसियट सदस्यमा कमल कार्की र राजीव तलङ्गाले उम्मेदवारी दिएका छन् ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा उम्मेदवारी दर्ता गराइएको थियो । उक्त समुहबाट अध्यक्षमा ललितकुमार रौनियारले उम्मेदवारी दर्ता गराएका छन । प्रजातान्त्रिकबाट वाणिज्य तर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्षमा मोहम्मद सफिक बेहना र महिला तर्फको उपाध्यक्षमा करिश्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उप–महासचिव पदमा टेकबहादुर खड्का र कोषाध्यक्षका उम्मेदवार मख्खनबहादुर धामीले उम्मेदवारी दर्ता गराए ।
त्यसैगरी प्रजातान्त्रिक समुहबाट सदस्य पदमा सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्ट ‘बबी’, एशोसियट सदस्य प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाल लगायतले समेत आ–आफ्नो उम्मेदवारी दर्ता गराए ।
यसैविच, व्यवसायी रचना श्रेष्ठ तथा सरला विष्टले समेत संघको अध्यक्ष र उप–महासचिवमा उम्मेदवारी दिएका छन् । उनिहरु दुवैजनाले शुक्रबार ढिलोगरि उम्मेदवारी दिएका हुन् । उनिहरुसँगै अर्का व्यवसायी महिला उषा भण्डारीले समेत उपाध्यक्षमा उम्मेदवारी दिनका लागि फर्म भरेकी थिईन् । यद्यपी उनले अन्तिम समयमा फिर्ता लिईन् । उपाध्यक्ष मै दिपेन्द्र कुमार जोशिले उम्मेदवारी दिएका छन् । माथि उल्लेखित चारै जना नेपाल कम्युनिष्ट पार्टी एमाले निकट व्यवसायी हुन् ।
आफ्नो उम्मेदवारी दर्ता गराएपछि कालपृष्ठ दैनिकसँग कुरा गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व उप–महासचिव समेत भईसकेकी अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले समग्र व्यवसायीको हकहितको लागि आफुले उम्मेदवारी दिएको बताईन् । उनले भनिन्,–‘म लामो समयदेखि कार्यसमिति सदस्य हुँदै पदाधिकारी सम्म आईपुगेको व्यक्ति हुँ । यद्यपी, व्यवसायीका हकहितमा नितिगत पहल र पैरवीका लागि कार्यकारी पद एकदमै महत्वपुर्ण हुने रहेछ । यसर्थ, मेरो उम्मेदवारीको एकमात्रै स्वार्थ समग्र व्यवसायीको हकहित नै हो ।’
निर्वाचन कार्यतालिका अनुसार शनिबार २० गते उम्मेद्वारको प्रथम नामावली प्रकाशन हुनेछ । २१ गते प्रथम पटक प्रकाशित उम्मेद्वारको नामावली उपर दावि विरोध र उम्मेदवारको प्रकाशित प्रथम नामावलीमा परेको दावि विरोधको सुचना प्रकाशन गरिने छ । यसैगरि २२ गते उम्मेदवारहरुको दोश्रो नामावली प्रकाशन गरिनेछ । यसैगरी उम्मेदवारको प्रथम नामावली उपर परेको दावि विरोधको छानविन गरी उम्मेदवारको नामावली प्रकाशन र २४ गते उम्मेदवारको सूचिबाट नाम हटाउन उम्मेदवारले दरखास्त फिर्ता लिन निवेदन गर्ने तथा उम्मेद्वारको अन्तिम नामावली पनि यसैदिन प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।