‘गुणस्तरीय प्राविधिक शिक्षा आजको आवश्यकता’
Friday, August 4th, 2023, 9:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ साउन
नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रम गरिएको छ । नेपालगन्ज हेल्थ क्याम्पस अन्र्तगत ‘डिप्लोमा ईन फार्मेसी’ कार्यक्रमको दोश्रो बर्षमा अध्ययनरत छात्र राम बहादुर यादवको अध्यक्षातामा सो कार्यक्रम गरिएको हो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रसान्त विष्टले गुणस्तरीय प्राविधिक शिक्षा समाजको प्रमुख आवश्यकता रहेको बताए । साथै उनले पश्चिम नेपालमा स्वास्थ्य शिक्षाको क्षेत्रमा नेपालगन्ज हेल्थ क्याम्पसले हासिल गरेको सफलता प्रति बधाई दिदैं स्वागत तथा विदाई हुने विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिए ।
यसैगरि कार्यक्रमका विशिष्ट अतिथि पुर्व मन्त्री गजेन्द्र हमालले बदलिँदो विश्व बजारमा प्राविधिक शिक्षाको आवश्यकता र महत्व एकदमै रहेकोमा जोड दिएका थिए । नेपाली समाजमा प्राविधिक शिक्षा झनै आवश्यक भएको र प्राविधिक शिक्षाले मात्रै सीप र रोजगारसँगैं मानिसको जीवनस्तर उकास्नमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले प्राविधिक शिक्षा अपरिहार्य भएको कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली काँग्रेस बाँकेका अध्यक्ष नारायण प्रसाद गौडेलले बताए ।
कार्यक्रममा क्याम्पसको प्रगति विवरण क्याम्पस प्रमुख प्रभाकर मिश्रले प्रस्तुत गरेका थिए । नेपालगन्ज हेल्थ क्याम्पस १६ वर्ष अघि स्थापना भएको थियो । कलेजले सुरुआतदेखी स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गर्दै आएको छ । कार्यक्रममा २ छात्रा र १ छात्र गरि उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
क्याम्पसबाट उत्पादन भएका ७ जना विद्यार्थीले एमबिबिएस तहको परीक्षामा पुर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । उत्पादन भएका ३० प्रतिसत विद्यार्थीले फार्मेसी, मेडिकल ल्याब संचालन गरिरहेका छन् । २० प्रतिसतले सरकारी, २० प्रतिसत विदेशमा रोजगारीका लागि गएको छन् भने ३० प्रतिसतले एनजिओ र आइएनजिओमा काम गरिरहेको क्याम्पसले बताएको छ ।