नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन
Saturday, August 5th, 2023, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० साउन
आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनका लागि उम्मेदवारको प्रथम नामावली प्रकाशित गरिएको छ । शनिबार विहान निर्वाचन कार्यतालिका अनुरुप मनोनयन गरेका उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित गरिएको हो ।
प्रकाशित गरिएको नामावली अनुरुप अध्यक्ष पदमा ललितकुमार रौनियार, टंक बहादुर धामी र रचना श्रेष्ठ गरि तिन जनाको उम्मेदवारी परेको छ ।
यसैगरी वाणिज्य तर्फको उपाध्यक्ष पदमा विष्णुप्रसाद श्रेष्ठ, हरिलाल न्यौपाने तथा ईश्वर कुमार श्रेष्ठले उम्मेदवारी दिए । उद्योग तर्र्फ उपाध्यक्षमा मोहम्मद सफिक बेहना, चिरञ्जीवि ओली तथा दिपेन्द्र कुमार जोशी छन् । महिला तर्फको उपाध्यक्षमा मन्दिरा पाण्डे र करिश्मा योगीले उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिवमा भने टंक प्रसाद शर्मा, भिम बहादुर रानाभाट तथा विजय भण्डारी(बासु)ले उम्मेदवारी दर्ता गराएका छन् । टेक बहादुर खड्का, मदनराज शर्मा तथा सरला कुमारी विष्टले भने उप–महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा मख्खन बहादुर धामी तथा सलाउद्दिन जसगढ छन् ।
सदस्यमा २३ जना सदस्य र छ जना एशोसिएट तथा पाँच जना सम्बद्व सदस्य गरी ३४ जनाले कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।
जसमध्ये शिव प्रसाद दाहाल, अतुल कुमार गुप्ता हलवाई, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, कैफुलबरा जोलाहा, सुनिल भण्डारी, बल बहादुर विष्ट(बबी), इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्वि बहादुर बिके, सुदन केसी,धर्मेन्द्र ठठेर, शिवराज कुर्मी, टिकामणी उपाध्याय, डम्बर बहादुर चन्द, जमालुद्दिन अन्सारी, उत्तम कुमार गुप्ता, नन्दाराम जैसी तथा सुनिल कुमार बनिया सदस्यका उम्मेदवार हुन् ।
यस्तै प्रदिप कुमार गुप्ता, पुरुषोत्तम कुमार अग्रवाल, संजय कुमार अग्रवाल, कमल कुमार कार्की, राजिव तलङ्गा तथा विजय कुमार अधिकारी एशोसिएट सदस्य पदका उम्मेदवार रहेका छन् ।
हिमनाथ पौडेल, विनय श्रेष्ठ, किसन गुरुङ्ग, फणाधर भण्डारी तथा रंग बहादुर खडका सम्बद्व सदस्य पदका उम्मेदवार हुन् ।
शुक्रबार त्रिभुवन चौक स्थित वाणिज्य संघको कार्यालयमा गएर समावेशी र साझा प्रजातान्त्रिक प्यानल र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन कार्यतालिका अनुसार २१ गते आईतबार प्रथम पटक प्रकाशित उम्मेद्वारको नामावली उपर दावी विरोध र उम्मेदवारको प्रकाशित प्रथम नामावलीमा परेको दावि विरोधको सुचना प्रकाशन गरिने छ । यसैगरी २२ गते उम्मेदवारहरुको दोश्रो नामावली प्रकाशन गरिनेछ । उम्मेदवारको प्रथम नामावली उपर परेको दावि विरोधको छानविन गरी उम्मेदवारको नामावली प्रकाशन र २४ गते उम्मेदवारको सूचिबाट नाम हटाउन उम्मेदवारले दरखास्त फिर्ता लिन निवेदन गर्ने तथा उम्मेद्वारको अन्तिम नामावली पनि यसैदिन प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।