नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन
Sunday, August 6th, 2023, 7:22 pm
Kalpristha
उम्मेदवारी माथि दावि विरोधको लागि निवेदन लिएर व्यापार संघमा पुगेका उद्योग तर्र्फ उपाध्यक्षका उम्मेदवार दिपेन्द्र कुमार जोशीको निवेदन दर्ता नभएपछि विवाद सिर्जना भएको हो । जोशीले उद्योग तर्र्फ कै उपाध्यक्षका उम्मेदवार मोहम्मद सफिक बेहना र चिरञ्जीवि ओली माथि दावि विरोधको उम्मेद्वारी दिएका थिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१साउन
आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा उम्मेदवारी दिएकाहरुको बारेमा दाबि विरोध गर्ने दिन विवाद सृजना भएको छ । निर्वाचन कार्यतालिका अनुरुप आईतबार उम्मेदवारी माथि परेको दावि विरोधमा विवाद भएको हो ।
उम्मेदवारी माथि दावि विरोधको लागि निवेदन लिएर व्यापार संघमा पुगेका उद्योग तर्र्फ उपाध्यक्षका उम्मेदवार दिपेन्द्र कुमार जोशीको निवेदन दर्ता नभएपछि विवाद सिर्जना भएको हो । जोशीले उद्योग तर्र्फ कै उपाध्यक्षका उम्मेदवार मोहम्मद सफिक बेहना र चिरञ्जीवि ओली माथि दावि विरोधको उम्मेद्वारी दिएका थिए ।
तर, मोहम्मद सफिक बेहना माथिको दावि विरोधको निवेदन दर्ता भए पनि चिरञ्जीवि ओलीमाथिको दावि विरोधको निवेदन दर्ता भएन ।
उम्मेदवारी माथि आफुले दिएको दावि विरोधको निवेदन दर्ता नगरेपछि जोशिले त्यसको विरुद्व आफुहरु उत्रिने चेतावती दिएका छन् ।
नियतवस निवेदन दर्ता नगरिएको प्रति असन्तुष्टि जाहेर गर्दै अध्यक्षमा उम्मेदवारी दिएकी रचना श्रेष्ठले दावि विरोधको निवेदन दर्ता नभए संघमा तालाबन्दी गर्दै निर्वाचन प्रक्रिया अघि बढ्न नदिने बताईन् ।
यस विषयमा बोल्दै सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता शान्ता पोखरेलले निर्धारित समयभन्दा पछि सो निवेदन आएकोले दर्ता नगरेको बताईन् । उनले भनिन, ‘हामीले अन्तिम समयसम्म पनि उहाँलाई सोधेका थियौं । तर, सम्बन्धित व्यक्तिले नै निवेदन नदिएपछि हामीले दर्ता गर्ने कुरा भएन । जब समय सकियो अनि निवेदन हामीलाई दिनुभयो । समय सकिएका कारण हामीले उहाँ मार्फत आएको दावि विरोधको निवेदन दर्ता नगरेका हौं ।’
सहायक निर्वाचन अधिकृत पोखरेलका अनुसार उद्योग तर्फको उपाध्यक्षमा एउटा बाहेक अन्य कुनैपनि दावि विरोधको निवेदन परेको छैन ।
२२ गते सोमबार उम्मेदवारको प्रथम नामावली उपर परेको दावि विरोधको छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
२४ गते उम्मेदवारको सूचिबाट नाम हटाउन उम्मेदवारले दरखास्त फिर्ता लिन निवेदन गर्ने तथा उम्मेद्वारको अन्तिम नामावली पनि यसैदिन प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।