उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी
Monday, August 7th, 2023, 9:24 pm
Kalpristha
निर्वाचन आयुत्तको पक्षपाति कार्यको बिरोधमा एमाले निकट व्यवसायीले सोमबार देखि कार्यालयमा तालाबन्दी तथा शान्तिपुर्ण धर्ना कार्यक्रमको सुरुआत गरेका छन् । संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएकी रचना श्रेष्ठ र उपाध्यक्षमा उम्मेदवारी दिएका दिपेन्द्र कुमार जोशी, व्यवसायी संजय अग्रवालको नेतृत्वमा संघमा तालाबन्दी गरिएको हो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी भएको छ । भदौं २ गते हुन लागेको निर्वाचनमा दाबी विरोध गर्ने विषयमा असन्तुष्टी जनाउँदै नेकपा एमाले निकट व्यवसायीले तालाबन्दी गरेका हुन् । निर्वाचन आयुत्तको पक्षपाति कार्यको बिरोधमा एमाले निकट व्यवसायीले सोमबार देखि कार्यालयमा तालाबन्दी तथा शान्तिपुर्ण धर्ना कार्यक्रमको सुरुआत गरेका छन् ।
संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएकी रचना श्रेष्ठ र उपाध्यक्षमा उम्मेदवारी दिएका दिपेन्द्र कुमार जोशी, व्यवसायी संजय अग्रवालको नेतृत्वमा संघमा तालाबन्दी गरिएको हो । अग्रज व्यवसायी अग्रवालले निर्वाचनको प्रक्रिया अनुसार कुनै उम्मेदवार माथि परेको दाबीविरोध गर्न पाउने अधिकार हनन भएकोले आन्दोलनमा जानु परेको बताए । उनले भने,‘निर्वाचन अधिकारीले कसैलाई पनि पक्ष र विपक्षको रुपमा हेर्नु भएन् । संघको विधानमा उल्लेख भएको अधिकार अनुसार हामीले दाबी बिरोध गर्न जादा किन रोकियो । यसको बारेमा छलफल हुन प¥यो । न्यायचित रुपमा निर्वाचन प्रक्रिया अगाडी नबढेकोले हामीले बिरोध गर्नु परेको हो ।’
आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचनमा उम्मेदवारी दिएकाहरुको बारेमा दाबि विरोध गर्ने दिन विवाद सृजना भएको थियो । निर्वाचन कार्यतालिका अनुरुप आईतबार उम्मेदवारी माथि परेको दावि विरोधमा विवाद भएको हो ।
उम्मेदवारी माथि दावि विरोधको लागि निवेदन लिएर व्यापार संघमा पुगेका उद्योग तर्र्फ उपाध्यक्षका उम्मेदवार दिपेन्द्र कुमार जोशीको निवेदन दर्ता गर्न नपाएपछि विवाद भएको थियो । जोशीले उद्योग तर्फका उपाध्यक्षका उम्मेदवार मोहम्मद सफिक बेहना र चिरञ्जीवि ओली माथि दावि विरोधको उम्मेद्वारी दिएका थिए । तर, जोशीले चिरञ्जीवि ओलीमाथिको दावि विरोधको निवेदन दर्ता गर्न पाएनन् ।
नियतवस निवेदन दर्ता नगरिएको प्रति असन्तुष्टि जाहेर गर्दै अध्यक्षमा उम्मेदवारी दिएकी रचना श्रेष्ठले त्यसको बिरोध गरेकी थिइन । विवाद भएपछि सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता शान्ता पोखरेलले निर्धारित समयभन्दा पछि सो निवेदन आएकोले दर्ता नगरेको बताईन् । २२ गते सोमबार उम्मेदवारको प्रथम नामावली उपर परेको दावि विरोधको छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।
२४ गते उम्मेदवारको सूचिबाट नाम हटाउन उम्मेदवारले दरखास्त फिर्ता लिन निवेदन गर्ने तथा उम्मेद्वारको अन्तिम नामावली पनि यसैदिन प्रकाशित गर्ने कार्यक्रम रहेको छ । आगामी भदौं २ गते हुने निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको तर्फबाट ललित कुमार रौनियार र समावेशी समुहबाट टंक धामीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।