१६ मत सहित वस्तुगत तर्फ किसन गुरुङ विजयी, हिमनाथ र विनयको समान १५ मत
Sunday, August 20th, 2023, 12:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ भदौं
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको वस्तुगत तर्फ किसन गुरुङ विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका किसन विजयी घोषित हुने पहिलो उम्मेदवार हुन् । उनले वस्तुगत तर्फको ३९ मतमा १६ मत प्राप्त गरेका छन् । यसैगरी साझा प्रजातान्त्रिक व्यवसायी समुहका उम्मेदवार हिमनाथ पौडेल र विनय श्रेष्ठले समान १५ मत प्राप्त गरेका छन् ।
दुबै जनाको समान मत भएपछि तिन वर्षे कार्यकालमा उनीहरुले आधा–आधा कार्यकाल सदस्यको रुपमा काम गर्ने भएको छन् । यसैगरी आइतबार बिहान देखि सुरु भएको मतगणनाको सुरुआती चरणमा एक सय मत सदस्यको गणना गर्दा अधिकाश समावेशी प्यानलका सदस्यहरुले अग्रता लिएका छन । शनिबार भएको निर्वाचनमा ४ हजार १ सय ३२ मत अर्थात ८३ प्रतिसत मत खसेको छ ।
नेपालगन्ज रंगशाला स्थित कभर्ड हलमा भएको निर्वाचनमा ४ हजार ९ सय ३१ मतदाता रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा ४ हजार १ सय ३२ जनाले मतदानमा सहभागिता जनाएका छन् । ७ सय ९९ मतदाताले निर्वाचनमा सहभागिता जनाएनन् ।
यस पटकको निर्वाचनमा साझा प्रजातान्त्रिक प्रजातान्त्रिक उद्योगी व्यवसायी समुह ललित रौनियारको नेतृत्वमा र टंक धामीको नेतृत्वमा समावेशी प्यानलले निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।