सदस्यमा समावेशीका ७ र प्रजातान्त्रिकका ३ उम्मेदवार विजयी
Sunday, August 20th, 2023, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ भदौं
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत सदस्य तर्फ समावेशी प्यानलका ७ र साझा प्रजातान्त्रिक समुहका ३ जना उम्मेदवार विजयी भएका छन् । १० जना सदस्य पदका लागि भएको प्रतिस्पर्धामा विष्णु श्रेष्ठ, डम्बर बहादुर चन्द, इन्दिरा कुमारी शाही, शिव प्रसाद दाहाल, तोप बहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धि बहादुर विके, युवराज ढकाल र सन्तोष कुमार पौडेल विजयी भएका छन् ।
विजयी भएका शिव प्रसाद दाहाल, युवराज ढकाल र सन्तोष कुमार पौडेल साझा प्रजातान्त्रिक समुहका उम्मेदवार हुन् । विष्णु श्रेष्ठ, डमबर बहादुर चन्द, इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, सुदन केसी, टिकामणी उपाध्याय, बुद्धि बहादुर विके समावेशी प्यानलका उम्मेदवार हुन् ।
सदस्यहरु तर्फको प्रतिस्पर्धामा विष्णु श्रेष्ठले सर्वाधिक १९८० मत प्राप्त गर्दै पहिलो, १८८८ मत सहित डम्बर बहादुर चन्द दोस्रो, ईन्दिरा १८२० मत सहित तेस्रो, शिव प्रसाद १८०५ मत सहित चौथो, १७२२ मत सहित तोम बहादुर पाँचौं स्थानमा आएका छन् । यसैगरी १७०१ मत सहित सुदन छैठौं, १६०३ मत सहित टिकामणी सातौं, १५९६ मत सहित बुद्धि बहादुर आठौं, १५६५ मत सहित युवराज नवौं र सन्तोष कुमारले १५३१ मत प्राप्त गर्दै दशौं स्थानमा रहँदै विजयी भए ।
सदस्य पदमा पराजित हुने उम्मेदवार अतुल कुमार गुप्ता हलवाईले १०७३ मत, विवेक कुमार श्रेष्ठले १४२६, पदम श्रेष्ठले १४९९, प्रमोद कुमार अग्रवालले १११९, कैफुलवरा जोलाहले ७८७ मत, सुनिल भण्डारीले १३७७ मत, बल बहादुर विष्ट ‘बबी’ले १४०६, शिवराज कुर्मीले १३९०,धमेन्द्र ठठेरले १३२७, जलालुद्दिन अन्सारीले ११८८ र उत्तम कुमार गुप्ताले १९२ मत प्राप्त गरेका छन् ।