सुत्रको राजस्व मोडेलबाट राजस्व संकलन गर्दै खजुरा
Monday, August 21st, 2023, 8:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ४ भदौ
स्थानिय तह संचित कोष व्यवस्थापन प्रणाली सुत्र राजश्व मोडुल बाट खजुरा गाउँपालिकाले राजश्व संकलन गर्न आजबाट सुरु गरेको छ । स्थानिय तह संचित कोष व्यवस्थापन प्रणाली सुत्र बाट राजस्व संकलन गर्ने बाँके कै पहिलो पालिका रहेको खजुरा गाउँपालिकाका राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिए ।
महालेखा नियन्त्रक कार्यालय, कोष प्रशासन शाखाले स्थानीय तहको राजस्व संकलन ,बजेट तर्जुमा, लेखांकन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र राजस्व मोडुल लागु भएपछि आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता कायम गर्न तथा पारदर्शिता र जवाफदेहिता प्रबर्द्धन गर्ने छ ।
महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा ‘रेभिन्यू मोडेल’ बाट राजस्व संकलन सुरु भएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै राजस्व व्यवस्थापन प्रणालीको प्रारम्भ, वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता र सेवा प्रवाहमा सहजता, खर्चमा बचत तथा वित्तीय अनुशासनमा सुधार हुने छ ।
राजस्व संकलन पारदर्शीता कायम गर्नका स्थानीय तहले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व र राजस्व संकलनमा टेवा पुग्ने राजश्व शाखाका प्रमुख भक्त बहादुर रावतले जानकारी दिए ।