स्वास्थ्य सेवा बारे वार्षिक योजना बनाउँदैं जानकी गाउँपालिका
Tuesday, August 22nd, 2023, 6:51 pm
Kalpristha
रबिन्द्र घिमिरे
बाँके, ५ भदौं
बाँकेको जानकी गाउँपालिको स्वास्थ्य कार्यक्रमहरु अन्तर्गत बार्षिक प्रगति समिक्षा एवम् योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । मंलवार सम्पन्न भएको आर्थिक वर्ष २०७९–८० को एकदिने समिक्षा गोष्ठीको गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गरेका थिए ।
पालिकाका ६ वटै वडाका स्वास्थ्य संस्थाहरुका ईन्चार्ज तथा स्वास्थ्यकर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा सुरु भएको गोष्ठीलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले विभिन्न महामारी र प्रकोपका बेला स्वास्थ्य संस्थाका कर्मचारीहरुले उत्कृष्ट काम गरेको स्मरण गर्दै सेवा प्रवाहलाई अझ जनतामुखी बनाउन जोड दिए ।
अध्यक्ष खाँले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दल वहादुर रानाले कार्यक्रमहरुको समिक्षा एवम् विश्लेषण गरी कमजोरीहरु सच्याउने, राष्ट्रिय स्तरमा प्राथमिक प्राप्त कार्यक्रमहरुको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्नुपर्ने धारण राखे ।
साथै उनले उपलब्धि तथा आइपरेका समस्याहरुको तुलनात्मक अध्ययन एवम् विश्लेषण गर्ने, चालू आर्थिक वर्षको लागि कार्ययोजना निर्माण गर्ने र धरातलीय बास्तविकतालाई विश्लेषण गरी भावी रणनीति बनाउने लगायतका उद्देश्य राखेर बार्षिक समिक्षा गोष्ठी आयोजना गरिएको बताए ।
कार्यक्रममा जानकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक तमलाल वेलबासेले पालिकास्तरिय स्वास्थ्य संस्थाहरुको बार्षिक प्रगति विवरणमाथि प्रकाश पारेका थिए ।
गोष्ठीको उद्घाटन कार्यक्रममा जानकी गाउँपालिककका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगी, वडा नम्बर १ का वडा अध्यक्ष मोहम्मद रजा राई, वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, विपद तथा वाताबरण समितीका संयोजक राजेन्द्र सिँह, सामाजिक विकास समिती संयोजक राम आँचल धोवीको सहभागिता रहेको थियो ।
यसैगरी गोष्ठीमा कार्यपालिका सदस्यद्धय कमलादेवी यादव र तारावती खटिक, वडा नम्वर ५ का वडा सदस्य मो शरिफ खाँ, जिल्ला जनस्वास्थ्यका दुर्गा गौतम ,साईनिङ्ग अस्पतालका प्रमुख मङ्गल प्रसाद थारु लगायतको उपस्थिती थियो । गोष्ठीमा ६ वटै वडाका स्वास्थ्य ईन्चार्जहरुले आ–आफ्नो वडाको स्वास्थ्य सूचकांकको अवस्था, प्रगति विवरण, समस्या, चुनौतीबारे बताएका थिए ।
साथै स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा एवम् योजना तर्जुमा गोष्ठी कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने र सूचकांकको आधारमा बेलभार स्वास्थ्य चौकी, खजुरा खुर्द स्वास्थ्य चौकी र साईगाउँ स्वास्थ्य चौकीलाई प्रमाणपत्रको प्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।