नेपालगन्जमा मनोसामाजिक मनोबिमर्श तालिम शुरु
Thursday, August 24th, 2023, 7:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ भदौ
बास नेपालको आयोजनामा ६ महिने मनोसामाजिक मनोबिमर्श तालिम बिहिवारदेखी नेपालगन्जमा शुरु भएको छ । तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि तथा नेपालगन्ज उप–महानगरपालिकाकी पुर्ब उप प्रमुख उमा थापामगरले तालिम समय सान्दर्भिक रहेको बताईन् । अहिलेको जल्दोबल्दो समस्या आत्महत्याको मुख्य कारण तनाव रहेको भन्दै तालिम बाट दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा ब्यक्त गरीन् ।
सी.टी ई.भी.टी को पाठ्क्रममा आधारित रहेर तालिम सञ्चालन गरिने प्रशिक्षक सुमन धिमालले जानकारी गराईन् । मनोबिमर्शकर्ताको आबश्यक्ता रहेको बेला उत्पादित जनशक्तिले अभाव परिपुर्ति गर्ने उनको भनाई थियो । तालिममा समय ब्यवसथापन गर्न सहभागहिरुलाई अनुरोध गरिन्
त्यसैगरी तालिमको उद्घाटण सत्रमा आफ्नो भनाई राख्दै फातिमा फाउन्डेसनकी अध्यक्ष मैमुना सिद्धिकीले एक घर एक काउन्सूलरको आबश्यक्ता रहेको बेला बास नेपालले तालिम आयोजना गरी सह्रायिन कार्य गरेको बताईन् ।
तालिममा सहभागीहरुको तर्फबाट सहभागसी मन भण्डारी र मुना बिष्टले प्रतिक्रिया मन्तब्य राखेका थिए ।
बास नेपालका तालिम बिभाग प्रमुख रमेश सिटौलाको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए भने तालिमको उद्धेश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकास पारेका थिए । बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको तालिममा १५ जनाको सहभागीता रहेका छ ।
साथै सोही कार्यक्रममा असल शासन मिडियाको आयोजनामा सम्पन्न आधारभुत कम्प्युटर तालिमका सहभागीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।