संयुक्त जिल्ला सुरक्षा समितिले उपत्यकाभित्र ३ दर्जन बढी सेवा र व्यापार सञ्चालनमा रोक लगायो
Friday, August 14th, 2020, 6:36 pm
amit
काठमाडौँ, ३० साउन । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले कोरोना संक्रमण नियन्त्रण गर्न अर्को आदेश नभएसम्म राजधानीका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
काठमाडौंका प्र्रमुख जिल्ला अधिकारी (प्रजिअ)जनकराज दाहाकाअनुसार खुल्ला स्थानमा मानिस भेलारजम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ ।
त्यस्तै सबै प्रकारका सभारगोष्ठी, तालिम, सेमिनार, हलरपार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको दाहालले बताए । संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथरखुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिकरकामदार ओसारपसार तथा टेकवेबाहेक होटल र रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
यसैगरी निर्णयअनुसार कार्यान्वयन सही ढगंमा भए नभएको अनुगमन गर्न पनि आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताएका छन् ।