खजुरामा लागु औषध दुव्र्यसनी रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सुरु
Friday, February 2nd, 2024, 8:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ माघ
बाँकेको खजुरा गाउँपालिकामा लागु औषध दुव्र्यसनी रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । ‘स्वास्थ्य रोजौं लागुपदार्थ होइन’ भन्ने कुराको सन्देश दिदैं खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा कार्यक्रम सुरु भएको हो ।
खजुरा गाउँपालिका वडा नम्बर ३ को सहयोग र खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सुरु भएको कार्यक्रम माघ २३ गते सम्म चल्नेछ ।
कार्यक्रम अन्तर्गत हरेक खजुराको ३ नम्बर वडा भित्र रहेका विद्यालयहरु ज्ञानोदय मावि खजुरा, जनता नमुना मावि, आदर्श मावि, नेपाल राष्ट्रिय मनकामना मावि, नेपाल राष्ट्रिय आधारभुत स्कुल धौलागिरीमा उक्त कार्यक्रम हुने आयोजक खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।
कार्यक्रम अन्तर्गक हरेक विद्यालयमा करिब १ सय जना विद्यार्थीलाई लागु औषध दुव्र्यसनी रोकथामका बारेमा विभिन्न सन्देश, सुचना र जनचेतना जगाउने काम गरिएको खनालले बताए ।
जनचेतनामुलक कार्यक्रममा इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख अशोक मल्ल, सुधार केन्द्र खजुराका प्रमुख विक्रम हमाल, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल, खजुरा प्राथमिक स्वास्थय केन्द्रका जनस्वास्थ्य अधिकृत अर्जुन सुनार, खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण लगायतले विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।
……………