भेरी सहकारीको निर्वाचनमा मैनालीको टिम विजयी
Sunday, February 4th, 2024, 8:02 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, माघ २१ गते
बाँकेको पुरानो सहकारी भेरी सहकारी वित्तिय संस्था लिमिटेडको संचालक समितिको शनिबार निर्वाचन सम्पन्न भएको छ ।
संचालक समितिको निर्वाचनमा वर्तमान अध्यक्ष पदम बहादुर भण्डारीको प्यानल पराजित भएको छ । शनिबार विहानै देखि सहकारीको ९ जना संचालक समिति सदस्य र १ जना लेखा संयोजकको निर्वाचन भएको थियो ।
बेलुका चार बजे सम्म चलेको निर्वाचनमा विष्णु प्रसाद मैनाली र पदम भण्डारीको नेतृत्वमा दुइ समुहले आ–आफनो टिम बनाएर निर्वाचनमा गएका थिए ।
आइतबार विहान सम्पन्न भएको मतगणनामा संचालक सदस्यमा विष्णु प्रसाद मैनाली(४८५), बसन्त लामिछाने(४९४), अन्जु शर्मा(४८१), भिम बहादुर मल्ल(४७२), ज्ञान बहादुर ओली क्षेत्री(४७७), बेल बहादुर बुढाक्षेत्री(४६७), बिमल गुरुङ(४६९), हुमलाल चौधरी(४९५) र रुक्मीणा भारती(४२५मत) प्राप्त गर्दै विजयी भएका छन् ।
निर्वतमान अध्यक्ष पदम बहादुर भण्डारीले २७२ मत प्राप्त गरेका छन् । यसैगरी लेखा समिति संयोजकमा मिन बहादुर सिंह विजयी भएका छन् । उनले ४१७ मत पाएका थिए । उनका प्रतिस्पर्धी बाल कृष्ण भंटले २६९ मत प्राप्त गरे ।
आइतबार विजयी भएका संचालक समिति सदस्यहरुले कार्यसमितिमा नयाँ नेतृत्व र अन्य पदाधिकारीहरुको छनोट गर्नेछ ।