बाग्मती नवौ डाँफे कपको फाइनलमा प्रवेश
Sunday, February 4th, 2024, 7:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २१ माघ
बाँकेको खजुरामा जारी नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको सेमि फाइनल खेलमा आयोजक टिमलाई हराउँदै बाग्मती स्पोर्टस क्लब फाइलन प्रवेश गरेको छ । आइतबार खजुराको मिनि रंगशाला मैदानमा भएको खेलमा २-१ को अन्तरले हराउँदै बाग्मति स्पोर्टस क्लबले फाइनलको यात्रा तय गरेको हो ।
८ औं डाँफे कपको उपाधि जितिसकेको बाग्मती स्पोर्टस क्लबले आइतबार भएको खेलको ९ मिनेटमा बाग्मतीका खेलाडी श्याम ब्यादीले पहिलो गोल गरेका थिए । पहिलो गोल गरेर खेललाई दवाबमा पारेको बाग्मती विरुद्ध न्यु डाँफेका खेलाडी ओम प्रकाश चौधरीले २२ औं मिनेटमा गोल गरि बराबरीमा ल्याए ।
…………
पुन खेलको ३३ मिनेटमा बाग्मती स्पोर्टस क्लबका अर्का खेलाडी विमल क्षेत्रीले गोल गरेका थिए । विमलले गरेको गोल नै खेलको अन्तिम गोल बन्न पुग्यो । खेलको म्यान अफ द म्याच बाग्मती स्पोर्टस क्लबका गोल किपर सुदिप शाहि बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडि गोल किपर शाहिले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे ।
म्यान अफ द म्याच थोपा प्रयोगशालाका सुलभ आचार्यले प्रदान गरेका थिए ।
खेल संयोजक तिलक विर सुनारका अनुसार सोमबार दोस्रो सेमिफाइनल खेल न्यु दर्पण स्पोर्टस क्लब र रेसिङ्ग साहारा विच हुने छ । माघ १५ गतेदेखि सन्चालनमा रहेको नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ । न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकका अनुसार नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन ।
प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ पाउने छन । दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकविर सुनारले बताए ।
साथमा विजेता र उप विजेता टिमलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन ।